पूर्वपश्चिम राजमार्गका खाल्डाखुल्डी पुर्दै ट्राफिक प्रहरी « Khabarhub

पूर्वपश्चिम राजमार्गका खाल्डाखुल्डी पुर्दै ट्राफिक प्रहरी


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

सिरहा– लगातारको वर्षापछि पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सिरहाखण्डमा परेका खाल्डाखुल्डी पुर्न थालिएको छ । ट्राफिक प्रहरी कार्यालयले सडक डिभिजन कार्यालय र चाइना रेल्वे कम्पनीसँगको समन्वयमा खाल्डाखुल्डी पुर्न थालेको हो । 

ट्राफिक प्रहरी कार्यालय प्रमुख डम्बरबहादुर पुरी सम्भावित दुर्घटना रोक्न सडक न्यूनीकरणका लागि शुक्रबारदेखि चोहर्वा-सिरहा खण्डबाट खाल्डाखुल्डी पुर्न सुरु गरिएको जानकारी दिए। उनले आज पनि उक्त कार्यलाई निरन्तरता दिएको बताए । 

सडकमा परेका खाल्डाखुल्डीले सवारी आवागमनमा समस्या भएकाले खाल्डाखुल्डी पुर्ने र सडकमा छरिएका गिट्टी, बालुवासमेत हटाउने काम गरेको उनको भनाइ छ । 

‘लगातारको वर्षापछि सडकमा ठूला खाल्डाखुल्डी परेका छन्, यसले सवारी आवागमनमा समस्या भएको छ’, ट्राफिक प्रमुख पुरीले भने, ‘सडक डिभिजन र निर्माण कम्मनी चाइना रेल वे कम्पनीसँग समन्वय गरी ग्राभेल हाल्ने र जोखिमयुक्त ठाउँमा भएका बालुवा तथा गिट्टी हटाउने काम भइरहेको छ ।’ 

चाइना रेल्वे कम्पनीले पूर्वपश्चिम राजमार्ग स्तरोन्नति र विस्तारको काम गरिरहेको छ । 

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ७ : ४९ बजे

चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने

काठमाडौँ– सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले

कोलम्बियाले जेरुसेलममा खोल्यो इजरायलका लागि दूतावास

एजेन्सी– कोलम्बियाले बुधबार जेरुसेलममा इजरायलका लागि आफ्नो दूतावास औपचारिक रूपमा

रास्वपा महिला सांसदको एउटै आवाज- खगेन्द्र सुनारलाई बहिष्कार गर्छौ 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महिला सांसदहरूले सांसद

चाडपर्वको मुखमा यात्रुलाई दुःख दिने र चालकसँग पैसा माग्ने तीनजना पक्राउ

काठमाडौं– सार्वजनिक यातायातका यात्रुलाई दुःख हैरानी दिने र यातायात कम्पनीमा

चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

रौतहट– चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडकखण्डमा स्कुलबसको ठक्करबाट आज एक