पूर्वपश्चिम राजमार्गका खाल्डाखुल्डी पुर्दै ट्राफिक प्रहरी | Khabarhub Khabarhub

पूर्वपश्चिम राजमार्गका खाल्डाखुल्डी पुर्दै ट्राफिक प्रहरी


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

सिरहा– लगातारको वर्षापछि पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सिरहाखण्डमा परेका खाल्डाखुल्डी पुर्न थालिएको छ । ट्राफिक प्रहरी कार्यालयले सडक डिभिजन कार्यालय र चाइना रेल्वे कम्पनीसँगको समन्वयमा खाल्डाखुल्डी पुर्न थालेको हो । 

ट्राफिक प्रहरी कार्यालय प्रमुख डम्बरबहादुर पुरी सम्भावित दुर्घटना रोक्न सडक न्यूनीकरणका लागि शुक्रबारदेखि चोहर्वा-सिरहा खण्डबाट खाल्डाखुल्डी पुर्न सुरु गरिएको जानकारी दिए। उनले आज पनि उक्त कार्यलाई निरन्तरता दिएको बताए । 

सडकमा परेका खाल्डाखुल्डीले सवारी आवागमनमा समस्या भएकाले खाल्डाखुल्डी पुर्ने र सडकमा छरिएका गिट्टी, बालुवासमेत हटाउने काम गरेको उनको भनाइ छ । 

‘लगातारको वर्षापछि सडकमा ठूला खाल्डाखुल्डी परेका छन्, यसले सवारी आवागमनमा समस्या भएको छ’, ट्राफिक प्रमुख पुरीले भने, ‘सडक डिभिजन र निर्माण कम्मनी चाइना रेल वे कम्पनीसँग समन्वय गरी ग्राभेल हाल्ने र जोखिमयुक्त ठाउँमा भएका बालुवा तथा गिट्टी हटाउने काम भइरहेको छ ।’ 

चाइना रेल्वे कम्पनीले पूर्वपश्चिम राजमार्ग स्तरोन्नति र विस्तारको काम गरिरहेको छ । 

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ७ : ४९ बजे

एसीसी यु-१६ : समूह चरणको अन्तिम खेलमा भुटानसँग भिड्दै नेपाल

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज

गाजाको एक क्याफेमा इजरायली मिसाइल आक्रमण : २० जनाको मृत्यु

गाजा – अभियन्ता, पत्रकार र स्थानीयको बाक्लो जमघट हुने गाजाको

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

प्रधानमन्त्री ओली स्पेनका समकक्षीले आयोजना गरेको रात्रिभोजमा सहभागी

स्पेन – प्रधानमन्त्री केपी शर्मा ओली स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री)

रुपन्देही – ३ मा कात्तिक १७ गते उपनिर्वाचन

काठमाडौं – निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र