एक खेलअगावै भारतले जित्यो जिम्बाबेविरुद्धको सिरिज « Khabarhub

एक खेलअगावै भारतले जित्यो जिम्बाबेविरुद्धको सिरिज


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । जिम्बाबेविरुद्धको टी–२० सिरिजको चौथो खेलमा भारतले १० विकेटको फराकिलो जित निकालेको छ ।

शनिबार भएको खेलमा जिम्बाबेले दिएको १५३ रनको लक्ष्य भारतले १५.२ ओभरका कुनै पनि विकेट नगुमाइ भेटाएको हो । भारतका लागि यशस्वी जैसवाल र कप्तान शुभमन गिलल दुवैले अर्धशतक बनाउँदै उत्कृष्ट साझेदारी गरे ।

जैसवालले ५३ बलमा ९३ रन बनाउँदा गिलले ३९ बलमा ५८ रनको योगदान दिए । गिलले ६ चौका र दुई छक्का प्रहार गर्दा जैसवालले १३ चौका र दुई छक्का प्रहार गरे ।

त्यसअघि हरारेरमा टस हारेर ब्याटिङ गरेको जिम्बाबेले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५२ रन बनायो । उसका लागि कप्तान सिकन्दर राजाले ४६ रनको योगदान दिए । त्यस्तै तडिवानासे मरुमणिले ३२ तथा वेस्ली मधेभरेले २५ रन बनाए । भारतका लागि खलिलि अहमदले २, शिवम दुबे, तुषार देशपाण्डे, अभिषेक शर्मा र वासिङ्टन सुन्दरले एकएक विकेट लिए ।

जितसँगै भारतले पाँचको खेलको शृंखला एक खेल अगावै जितेको छ । यसअघि भारतले दुई र जिम्बाबेले एक खेलमा जित निकालेका थिए ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ८ : २१ बजे

आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस

काठमाडौँ– मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुवातको स्मरण गर्दै आज अन्तर्राष्ट्रिय

केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गृहमन्त्री गुरुङ मध्यरातमा भरतपुरमा : प्रहरी शिक्षालयको निरीक्षण

चितवन – गृहमन्त्री सुधन गुरुङ मध्यरातमा चितवनको भरतपुर पुगेका छन्।

इरान-अमेरिका शान्ति वार्ता लम्बियो : १५ घण्टाभन्दा बढी समयदेखि निरन्तर छलफल

इस्लामावाद – मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने उद्देश्यका साथ पाकिस्तानको

सञ्जु सामसनको सानदार शतकसँगै आईपीएलमा चेन्नईको पहिलो जित

काठमाडौँ- चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो