पाइप बगाएपछि बागलुङ बजारमा खानेपानीको समस्या | Khabarhub Khabarhub

पाइप बगाएपछि बागलुङ बजारमा खानेपानीको समस्या


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बागलुङ – बर्खा लाग्नासाथ बागलुङ बजारमा खानेपानीको सधै पीरलो हुन्छ । आवश्यकताभन्दा थोरै पानी आउने तथा आएको पानी धमिलो आउने कारण बागलुङ नगरवासी आजित छन् ।

खानेपानी वितरणको जिम्मा पाएको बागलुङ नगरखानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले चार हजार ६ सय धारामा खानेपानी वितरण गर्दै आए पनि पर्याप्त खानेपानी वितरण गर्न सकिरहेको छैन ।

खानेपानीको मुहानमा बर्खामा भेल पस्ने, पहिरोले खानेपानीको पाइप बगाउने र खानेपानीको आपूर्तिमा आउने प्राविधिक समस्याका कारण हिउँदमा भन्दा बर्खामा खानेपानीको समस्या बढी आउने गरेको छ ।

उपभोक्ता कमल खड्काले जनतालाई शुद्ध पानी चाहिएको बताउँदै जनता खानेपानीको समस्याबाट आजित भएको गुनासो गरे । “अहिले खानयोग्य पानी वितरण भएको छैन, नगरपालिकाले खानेपानीको विषयमा ध्यान दिन आवश्यक छ”, उनले भने ।

बागलुङ नगरपालिकाले काठेखोला गाउँपालिकाको भुदीखोला मुहान, रेश खोला मुहान र रिठेखोला मुहानबाट खानेपानी आपूर्ति गर्दै आएको भए पनि असार २६ गते खहरेखोलामा आएको बाढीले भुदीखोलाबाट आउने खानेपानीको पाइप बगाएपछि खानेपानीको झनै समस्या भएको छ ।

बागलुङ बजारवासीलाई चौबिसै घण्टा खानेपानी उपलब्ध गराउने गरी काठेखोलाको कैलामपोखरीमा निर्माण गरिएको लिफ्ट योजना पाँच वर्षमा सम्पन्न भएको छैन । बर्खाको समयमा पानी शुद्धीकरण गरेर पठाउने व्यवस्था गरिए पनि भुदीखोलाको मुहानको पाइप बगाउँदा खानेपानीको अभाव भइरहेको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका कार्यवाहक अध्यक्ष हरिबहादुर जिसीले जानकारी दिए।

“खानेपानीको समस्या छ, हामी स्वीकार्छौं, सबै मिलेर काम गर्न आवश्यक छ, खानेपानी शुद्धीकरणका लागि आवश्यक काम भइरहेको छ भने कैलमपोखरी लिफ्ट आयोजना हामीले जतिसक्दो चाँडो सक्न आवश्यक छ”, जिसीले भने, “नगर विकास कोषको सहयोगमा निर्माणको अन्तिम चरणमा आएको लिफ्ट खानेपानी आयोजनाको पाइपलाई पुनः विस्तार गर्न आवश्यक देखिएपछि ढिलाइ भएको छ ।”

अस्थायी रुपमा चार इन्च र छ इन्चको जिआई पाइपमा अहिले लिफ्टमार्फत खानेपानी लिएर बजारमा वितरण गर्दा राहत मात्रै मिलेको उनको भनाइ छ । प्रतिसेकेन्ड १७ लिटर पानी आपूर्ति हुँदै आएको भुलिखोलाको खानेपानीको पाइप बागलुङ नगरपालिका र काठेखोलन गाउँपालिकाको सिमानामा बग्ने खहरेखोलाले बगाएपछि खानेपानीको समस्या झनै बढेको हो ।

यही असार २६ गते राति परेको अविरल वर्षापछिको खहरेले उक्त खानेपानीको पाइप बगाएको हो । पानी नरोकिएसम्म मर्मत गर्न कठिनाइ हुने बागलुङ नगरखानेपानी तथा उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले बताए ।

अहिले बागलुङ बजारमा रेश खोलाबाट प्रतिसेकेन्ड १७ लिटर र रिठेखोलाबाट प्रतिसेकेन्ड तीन लिटर खानेपानी आपूर्ति भइरहेको छ । साथै कैलमपोखरीबाट आवश्यकताअनुसार अस्थायी लिफ्टमार्फत खानेपानी ल्याइएको छ ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ९ : ०६ बजे

शिक्षा मन्त्रीले भने : शिक्षकसँग भएको नौबुँदे सहमति कार्यान्वयन गर्न प्रतिबद्ध छौं

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सरकार र

प्रेस स्वतन्त्रता सुदृढ हुँदा मात्रै लोकतन्त्र हुन्छ : एनपी साउद

काठमाडौं – पूर्व परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता एनपी साउदले

चीन भ्रमणमा रहेकी पूर्वराष्ट्रपति भण्डारी भेटघाटमा व्यस्त

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नौदिने

अखिल क्रान्तिकारीले जलायो प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला (तस्बिरहरू)

काठमाडौं – नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रधानमन्त्री