भानुभक्तीय रामायण वाचन प्रतियोगिता सम्पन्न « Khabarhub

भानुभक्तीय रामायण वाचन प्रतियोगिता सम्पन्न


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

तनहुँ – दुई सय ११औँ भानुजयन्तीका अवसरमा तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस नेपाली विभाग दमौलीद्वारा आज विद्यालयस्तरीय खुला रामायण वाचन प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा विभिन्न १४ वटा विद्यालयबाट विद्यार्थी सहभागी भएका थिए ।

प्रतियोगितामा शुक्ला माध्यमिक विद्यालय तनहुँकी छात्रा मन्जिता थापा प्रथम, गोगन माध्यमिक विद्यालय, तल्लो गगनगौडा कास्कीकी छात्रा सुजाता पौडेल द्वितीय, आदिकवि भानुभक्त मावि दमौलीका छात्र सचिन बस्नेत तृतीय भए । प्रतियोगितामा निर्मल मावि तनहुँँका छात्र दिपेश पन्तले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त विद्यार्थीलाई क्रमशः रु एक हजार पाँच सय, रु एक हजार, रु सात सय र रु पाँच सय नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

विजयी विद्यार्थीलाई क्याम्पस प्रमुख महाप्रसाद हड्खले, क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, नेपाली विभाग प्रमुख डा सुशीलप्रसाद वाग्लेले संयुक्त रूपमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रत्येक वर्षको भानुजयन्तीका अवसरमा क्याम्पसले खुला रामायण वाचन प्रतियोगिता गर्दै आएको छ । आदिकवि भानुभक्त आचार्यको जन्म तनहुँको चुँदी रम्घा गाउँमा दुई सय एघार वर्षअघि विसं १८७१ असार २९ गते भएको थियो । भानुजयन्तीलाई नेपालका साथै विदेशका विभिन्न स्थानमा पनि सांस्कृतिक र साहित्यिक महोत्सवका रूपमा मनाइने गरिन्छ ।

नेपाल मात्र होइन, नेपालीभाषी जहाँ–जहाँ पुगेका छन्, नेपालीभाषी समुदायमा उत्साहका साथ मनाइँदैछ । उनले आफ्नो ५४ वर्षको जीवनमा ‘रामायण’ लगायत ‘भक्तमाला’, ‘प्रश्नोत्तर’, ‘बधूशिक्षा’, ‘रामगीता’ र तीन दर्जनभन्दा बढी फुटकर कविता सिर्जना गरेर नेपाली साहित्यको जग बलियो बनाएका थिए ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  १० : १७ बजे

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड