खान युनिसमा इजरायली आक्रमणमा कम्तिमा ७१ जना प्यालेस्टिनीको मृत्यु « Khabarhub

खान युनिसमा इजरायली आक्रमणमा कम्तिमा ७१ जना प्यालेस्टिनीको मृत्यु


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

गाजा – गाजाको दक्षिणमा रहेको खान युनिस सहरको मावासी क्षेत्रमा विस्थापित मानिसहरूको शिबिरमा शनिबार इजरायली हवाई आक्रमणमा परी कम्तीमा ७१ प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य २८९ जना घाइते भएका गाजाका स्वास्थ्य अधिकारीले बताएका छन् ।

तीन मिसाइलसहित, इजरायली जेटहरूले खान युनिसमा विस्थापित मानिसहरूको टेन्टले बनेको वस्तीमा बमबारी गरेको र त्यसपछि एक नागरिक सुरक्षा गाडीलाई निशाना बनाइएको थियो । उक्त घटनामा मारिएका र घाइते भएका दर्जनौं शव भग्नावशेषमा पुरिएका थिए ।

‘गाजा सिभिल डिफेन्स सर्भिस’ले एक संक्षिप्त विज्ञप्ति जारी गरी इजरायली आक्रमणले मावासीमा विस्थापित मानिसहरूको ठूलो जमघटलाई निशाना बनाएको उल्लेख गरेको छ ।

यसैबीच, इजरायली सरकारी स्वामित्वको कान टिभी समाचारले मावासी क्षेत्रमा इजरायली आक्रमणको निशाना हमासका सैन्य प्रमुख मोहम्मद डेफ रहेको बताएको र सेनाले छापा मार्ने परिणामको पर्खाइमा रहेको उल्लेख गरेको छ ।

हमासले दावीलाई अस्वीकार गर्दै यो इजरायलको अपराध लुकाउने सन्दर्भमा आएको अभिव्यक्ति मात्र भएको बताएको छ ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  १० : ४५ बजे

चुम उपत्यका पुगेका पर्यटक अलपत्र

गोरखा– भ्रमणका क्रममा चुम उपत्यका पुगेका पर्यटकहरू अलपत्र परेका छन्

पुलको पहुँचमार्ग बन्यो : १५ दिनपछि बागलुङमा सीधा यातायात सञ्चालन

बागलुङ– पन्ध्र दिनपछि बागलुङ जिल्ला सिधा यातायातको पहुँचमा जोडिएको छ

कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुलामा रामहरि

पृथ्वी राजमार्ग भोलि ६ घण्टा बन्द हुने

काठमाडौं- त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि धादिङको गलौँदी क्षेत्रमा पृथ्वी

एल निनोका कारण समुद्री तापक्रममा नयाँ रेकर्ड, सन् २०२७ मा विश्वव्यापी तापक्रम बढ्ने चेतावनी

पेरिस- शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रको समुद्री