आज २०८१ साल साउन २९ गते मंगलबारको राशिफल | Khabarhub Khabarhub

आज २०८१ साल साउन २९ गते मंगलबारको राशिफल


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल साउन २९ गते मंगलबार तदनुसार सन् २०२४ अगष्ट १३ तारिख। साउन शुल्क पक्षको नवमी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : आज अप्रिय समाचार सुन्नुपर्ने हुनसक्छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। धन कमाउने स्रोत धेरै भएकाले सदुपयोग गर्नु राम्रो हुनेछ। संकटमा धेरै मानिसको साथ मिल्नेछ। तपाईं संलग्न संघ र संस्थाबाट राम्रो फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : आज तपाईंको सिर्जनात्मक क्षमता बढ्ने दिन हो। तपाईंका पुराना गुम्सिएका भावनाहरु सिर्जनामार्फत् पोख्ने समय छ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त हुनेछ। परिवारले तपाईंको क्षमताको प्रशंसा गर्नेछन्। व्यापारमा लगानी नगर्नु राम्रो हुनेछ।

मिथुन : योजना बन्ने तर काम नबन्ने दिन छ। धर्मको सूक्ष्म रुप बुझ्न नसक्दा समाजले तपाईंको आलोचना गर्नेछ। संकटमा परिवारको साथले तपाईंको प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : मनको चञ्चलता रोक्न नसक्दा बिबाद बढ्ने जोखिम देखिन्छ। राज्यको भय हुनसक्छ। विदेशमा भन्दा स्वदेशमा गरेको लगानीबाट नाफा हुनेछ। कृषि क्षेत्रमा गरेको लगानीले तपाईंलाई आर्थिक रुपमा सबल बनाउने छ। परिवारको साथले दिन रमाइलो हुनेछ।

सिंह : दिन रमाइलो छ। सबै योजना सफल बन्नेछन्। लगानीका क्षेत्रमा फाइदा हुनेछ। व्यापारमा उन्नति हुने दिन छ। सम्पत्ति भनेर दौडिने बानीले तपाईंमाथि प्रश्न उठने भएकाले सचेत बन्नुपर्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

कन्या : लगानी गरेको भए फाइदा हुनेछ। शेयर कारोबारमा राम्रो आम्दानी हुने दिन छ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। नयाँनयाँ कुरा खन पाउँदा मन खुशी हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुला : गुमेको धन प्राप्त हुने दिन छ। धनसँगै सम्मान मिल्ने योग छ। कलाको क्षेत्रमा भने मेहनत गर्नुपर्ने आवश्यकता देखिन्छ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोगले महत्त्वपूर्ण काम बन्नेछ।

वृश्चिक : आज बनाएको योजना दीर्घकालीन हुनेछ। महिनाको उत्कृष्ट दिन हो। शिक्षामा जोश र जाँगर चल्नेछ। परिवारमा शान्त वातावरण रहनाले दिन रमाइलो बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : सम्मान बढ्ने योग छ। राज्यबाट भइरहेको विभेदमा न्याय मिल्ने दिन छ। काममा व्यस्त हुँदा खानपानमा भने समस्या हुने देखिन्छ। स्वास्थ्यको ख्याल गर्नुपर्ने दिन छ। परिवारसँग विचार नमिल्दा खटपटी बढ्नसक्छ।

मकर : फजुल खर्च बढ्ने दिन छ। खर्च अनुसार नै आम्दानीसमेत हुनेछ। अवसर देख्ने बित्तिकै लगानीको प्रस्ताव गर्ने साथीसँग सचेत बन्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : दैनिकी चुनौतीपूर्ण छ। मन आशान्त बन्ने दिन छ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा सचेत बन्नु राम्रो हुनेछ। अवसरको सदुपयोग गर्नुपर्नेछ। परिवारसँग दिन रमाइलोसँग बित्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : हरेक ठाउँमा अवसर मिले पनि सदुपयोग गर्न नसक्दा घाटा हुनेछ। समयको सदुपयोग गर्न सके व्यापारमा नाफा हुनेछ। तपाईंका लागि दिन शान्त छ। परिवारसँगको भेटघाटले मन खुशी हुनेछ। भाग्यले साथ दिने दिन छ। राजनीतिक क्षेत्रमा नाम र दाम मिल्नेछ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ५ : ३० बजे

ट्रम्प र पुटिनको वार्ता निष्कर्षविहीन भएपछि रुसद्वारा युक्रेनमाथि भीषण आक्रमण

किभ – रूसी सरकारी प्रवक्ताले शुक्रबार एक प्रेस ब्रिफिङमार्फत युक्रेनमाथिको

शल्यक्रिया गरेको केही समयमा मृत्यु, आफन्त आन्दोलित

दाङ – दाङ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

झापा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रशस्त

मनसुनको अवस्था अद्यावधिकः मधेशमा सरदरभन्दा कम वर्षा हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले जुलाईदेखि सेप्टेम्बर (असार

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

बागमती – बागमती प्रदेशसभाको बैठकमा आजदेखि प्रदेश सरकारद्वारा प्रस्तुत आगामी