बेलायतमा सन् २०२४ को सबैभन्दा धेरै गर्मी यसै साताको सोमबारको बनेको छ। सोमबार ३४ डिग्री सेल्सियस गर्मी पुगेको थियो। सामान्यतया सबै भन्दा गर्मी हुने समय गइसकेपछि पनि भएको यो गर्मी साँच्चै चिन्ताको विषय हो। जलवायु परिवर्तनका कारण अहिले संसारमा गर्मीको प्रकोप बढी रहेको छ।
दक्षिणी इङ्गल्यान्डमा बढेको गर्मीका कारण अहिले सबैलाई सावधान गर्न सरकारले सर्कुलर नै जारी गरिसकेको छ। दक्षिणतर्फ यसरी गर्मी बढी रहेको समयमा उत्तरतर्फ वर्षाको जोखिम बढेको छ। लन्डन र इस्ट अगिंलामा सबैभन्दा धेरै गर्मीको अनुभव गर्न थालिएको छ। यो गर्मी अझ बढ्दै जाने अनुमान गरिएको छ।
सोमबार नै राजधानीमा ३० डिग्री सेल्सियस पुगेको छ भने केही सहरमा ३२ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ। अहिले युके हेल्थ सेक्युरिटी सर्भिसको सक्रियता बढी रहेको छ। पूर्व र पश्चिम मिडल्यान्डमा, इङ्गल्यान्डको पूर्वमा, तथा लन्डनको दक्षिण पूर्वका साथै दक्षिण पश्चिम र उत्तरमा समेत यो सक्रियता बढेको हो।
यो गर्मीले खराब स्वास्थ्य अवस्था भएका तथा प्रौढ व्यक्तिलाई असर गर्ने अनुमान गरिएको छ। यस अघिको सबै भन्दा गर्मी दिन ३० जुलाईका दिन लन्डनको क्यु गार्डेन र हेथ ग्रोमा यसै किसिमको गर्मी भएको थियो। गत वर्ष पनि ४० डिग्रीसम्म नपुगेको होइन। यस वर्ष त्यत्ति नै पुग्ने अनुमान कमै छ। यसै ढङ्गको गर्मी र आर्द्रताको कारण अझ ठुलो समस्या हुनसक्ने आङ्कलन गरिएको छ। केही दिनमा नै इङ्गल्यान्डका धेरै स्थानमा ४० डिग्रीसम्म तापक्रम पुग्ने अनुमान गरिएको छ।
अहिले गर्मीको कारण पानीको खपत बढी रहेको छ। बच्चाहरू हायल कायल भएका छन्। कानलमा एक बच्चा त गर्मी सहन नसकेर ज्यान नै गुमाउन पुगे। उनलाई बचाउन धेरैले अथक प्रयास गरे पनि त्यो सम्भव हुन सकेन। अहिले रेल यातायातको सावधान गराउन थालिएको छा। जुनसुकै रेल नि रोकिन सक्ने छ। मेघ गर्जनसहित वर्षा हुन थालेको छ।
२४ घण्टामा १५ हजार भन्दा बढी पटक मेघ गर्जिएको थियो यो मेघ गर्जन सबैभन्दा धेरै उत्तरी आयरल्यान्ड र उत्तरी स्कटल्यान्डमा भएको थियो। साँझ पख इङ्गल्यान्डमा पनि यसैगरी मेघ गर्जिएको थियो।
अप्रिल महिनामा नै यो वर्ष पनि वर्षा, आगलागी र उच्च तापक्रमको जोखिम भएको भन्दै संसारका धेरै देशले आफ्ना नागरिकलाई सावधान गराएका थिए। यसरी धेरै नै सावधान गराउन आवश्यक रहेको क्षेत्र युरोप थियो।
युरोपमा गत वर्ष सेप्टेम्बरमा धेरै नै गर्मी भएको थियो। त्यो गर्मीको याद गर्नेहरू अझै आत्तिने गरेका छन्। युरोपमा गर्मीका कारण ज्यान जानेको सङ्ख्या गएको २० वर्षमा ३० प्रतिशतले बढेको छ।
युरोपमै पनि गत वर्ष केही सावधानी त अपनाइएको तथापि आवश्यकता अनुसार आम व्यक्तिले सावधानी र सतर्कता नअपनाएको भन्दै चिन्ता व्यक्त भएको थियो।
यो जोखिम ठाउँ अनुसार फरक पाइएको थियो। समुद्री सतहमा त तापक्रम अझ धेरै बढी रहेको छ। गएको वर्ष आयरल्यान्डमा एटलान्टिक महासागरको क्षेत्रमा यसै किसिमको तापक्रम र तातो हावाको समस्या समेत देखिएको थियो। गएको वर्ष डिसेम्बरमा सबै नदीमा बाढी आएको थियो।
यो वर्षको जाडोको समय आउन बाँकी नै छ। गएको वर्षको डिसेम्बर गत वर्षको भन्दा कम हिउँ परेको थियो।
आर्द्रता, तातो हावा र गर्मीको कारण समस्या बढेको छ। धेरै जनाको स्वास्थ्यमा गत वर्ष पनि समस्या आएको थियो। यस वर्ष पनि यसै किसिमको समस्याको जोखिम बढेको छ।
प्रि इन्डस्ट्रियल युगको समय भन्दा १.५ डिग्री सेल्सियस बढी तापक्रम भएपछि यसले मानव जीवनमा सबैभन्दा धेरै समस्या हुने अनुमान गरिएको छ। २०२३ को गर्मी याममा नै १.४८ डिग्री सेल्सियस बढेको थियो। त्यसै समयमा पेरिस सम्झौता कार्यान्वयनको विषय उठेको थियो। सन् २०१५ मा पेरिस सम्झौता अनुसार जलवायु नियन्त्रणका लागि गरेको प्रतिबद्धता धेरै देशले पुरा गरेका छैनन्।
विश्व इकोनोमिक फोरमको सन् २०२४ को ग्लोबल रिस्क रिपोर्टमा तीन किसिमको जोखिम आङ्कलन गरिएको थियो। तीन किसिमको जोखिममा उच्च गर्मी, बायोडायभर्सीटीको नास तथा इको सिस्टम नै ध्वस्त हुने तीन किसिमको समस्याको आङ्कलन गरिएको थियो। पहिलो जोखिम त बाढी र पहिरोको नै हो। यसले संसारमा धेरै देशलाई पक्कै समस्या पर्नसक्ने छ। यो समस्या सबैभन्दा धेरै गरिब देशमा हुनसक्छ। सडक व्यवस्थापन कमजोरी त यसको मुख्य समस्या नै हो।
पृथ्वीको चक्रमा नै असर गरेपछि यसले धेरै जीवको अस्तित्व नै सङ्कटमा पर्ने अनुमान समेत त्यसै समयमा गरिएको थियो। अहिलेसम्म संसारका धेरै मानव सभ्यता नै नास भएको इतिहास छ। यसरी मानव सभ्यता नै नास हुनुको मूल कारण मौसममा आउने परिवर्तन नै भएको जनाइएको छ।
अर्थशास्त्रीले जलवायु परिवर्तनको असर अर्थतन्त्रमा समेत पर्ने चेतावनी दिइसकेका छन्। यो असर गरिब र अविकसित देशमा धेरै छन्। गरिब देशमा जलवायु परिवर्तनको कारण आउने समस्याबाट अन्नलाई जोगाउने क्षमता नै कम छ। यसको असर अफ्रिकी देशमा सबै भन्दा धेरै पर्नसक्छ। दक्षिण एसियामा पनि यसको असर पर्नसक्छ।
अप्रिल महिनामा जलवायु परिवर्तनबाट सबै भन्दा धेरै असर गरेका १० देशको सूची प्रकाशित भएको थियो। त्यो सूची गत वर्षको आधारमा भएको हो। यसमा अफ्रिकी देश सबै भन्दा धेरै छन्। सबै भन्दा धेरै असर गर्ने देश चाँद भएको जनाइएको छ। गएको ५० वर्षमा त्यहाँको अवस्था सबै भन्दा धेरै पानी परेको थियो। सडक यातायातमा त्यस्तै समस्या परेको थियो। यो समस्या मानिसको स्वास्थ्यमा समेत परेको थियो।
यस्तो समस्या मध्य रिपब्लिक अफ्रिकनमा पनि थियो। त्यहाँको दक्षिणी क्षेत्रमा आएको समस्याका कारण एकै पटक दुई हजार हजार घर तहस नहस भएका थिए। इरिट्रियामा गत वर्ष नै सन् १९७० को तुलनामा १ दशमलव ७ डिग्री सेल्सियस बढी थियो। त्यहाँको अवस्था त झन् कल्पना नै गर्न नसकिने थियो। प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा जलवायु परिवर्तन गरिबीको एउटा मुख्य कारण रहेको छ। सो देश त्यसै पनि गरिब देशको सूचीमा छ। ८८ टापुको देश गुयना बिसु त्यस्तै समस्या छ।
सुडान गरिबीको मारमा परेको देश हो। सुडानमा अहिले त्यस किसिमको समस्या बढी रहेको छ। अफगानिस्तानमा सन् १९५० देखि २०१० को बिचमा तापक्रम एक दशमलव ८ डिग्री सेल्सियस बढेको थियो। यस समयबाट सन् २०५० को बिचमा कम्तीमा पनि १.४ डिग्री सेल्सियस बढी भएको अनुमान छ। गत वर्ष मात्र ३४ प्रान्तमा २६ अत्यधिक गर्मीको चपेटामा परे।
सुडान गृह युद्धको चपेटामा परेको देश हो। गत वर्ष त्यहाँ परेको खडेरीका कारण ६० प्रतिशत गरिबीको मारमा परेका थिए। लाइबेरिया गर्मीका कारण स्वास्थ्य समस्याको सामना गरेको देश हो। यसले त्यहाँका जनजीवन नै समस्यामा परेको थियो। मालीका धेरै स्थान मरुभूमिले भरिएका छन्। त्यहाँ ०.७ डिग्री सेल्सियस तापक्रम बढेको छ। सो वृद्धिले त्यहाँको जनजीवन अत्यन्त समस्या ग्रस्त बनेको छ।
स्रोतः बिबिसी, वर्ल्ड मेट्रोलोजिकल अर्गनाइजेसन, ग्लोबल इकोनोमिक्स र कन्सर्न नेट
प्रतिक्रिया