एएफसी च्यालेन्ज लिग : आज चर्च ब्वाइज र पारो एफसीबीच प्रतिस्पर्धा हुँदै « Khabarhub

एएफसी च्यालेन्ज लिग : आज चर्च ब्वाइज र पारो एफसीबीच प्रतिस्पर्धा हुँदै


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एएफसी च्यालेन्ज लिगको प्लेअफमा आज नेपाली लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र भुटानी टोली पारो एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । चर्च ब्वाइज अनन्त तामाङ र पारो एफसी किन्ले वाङचुकको कप्तानीमा मैदानमा उत्रँदै छन् ।

तीनपटक विश्वकप खेलिसकेका जापानका केइसुकी होन्डासहित ११ विदेशी खेलाडीको साथ पाएको पारो एफसी चर्च ब्वाइजका लागि चुनौती बन्न सक्नेछ । यद्यपि, चर्च ब्वाइजमा पनि नेपाली राष्ट्रिय टोलीका अधिकांश सदस्य छन् । त्यसैले, चर्च ब्वाइजले भुटानीसँग खेल्दा नेपाली राष्ट्रिय टोलीको झल्को दिनेछ ।

पारोले अघिल्लो वर्ष दशरथ रंगशालामा नै एएफसी कप पहिलो चरणमा मच्छिन्द्र क्लबसँग ३–२ गोलको हार बेहोरेको थियो ।

सिंगल लेग नकआउट फर्म्याटमा हुने खेलको विजेता प्रतियोगिताको समूह चरणका लागि छनोट हुनेछ। प्रतियोगितामा छनोट हुने टोलीले न्युनतम एक लाख अमेरिकी डलर प्राप्त गर्नेछ ।

समूह चरणका खेलहरू अक्टोबर २६ र नोभेम्बर २ मा ‘होम एन्ड अवे’ का आधारमा हुनेछन्।

करिव एक महिनादेखि चर्च ब्वाइजले यो प्रतियोगिताको तयारी गरेको छ । राष्ट्रिय टोलीबाट खेलेका खेलाडीबीच तालमेल मिलेको र यसले खेलमा प्रभाव ल्याउने चर्च ब्वाइजका प्रशिक्षक बालगोपाल महर्जनको विश्वास छ ।

खेलाडीले आफ्नो क्षमता र रणनीतिअनुरूप खेल्नसके घरेलु समर्थकलाई सुखद् नतिजा दिन सक्षम हुने प्रशिक्षक महर्जनको विश्वास छ ।

पारोले अहिले भूटानमा लिग खेलिरहेको छ । लिगमा पारो शीर्ष स्थानमा छ । चर्च ब्वाइजसँगको खेलका लागि पारोले जापानका पाँच खेलाडी, युरोप र केही अफ्रिकन खेलाडीलाई भित्राउँदै थप बलियो बनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ७ : २४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार