एएफसी च्यालेन्ज लिग : आज चर्च ब्वाइज र पारो एफसीबीच प्रतिस्पर्धा हुँदै « Khabarhub

एएफसी च्यालेन्ज लिग : आज चर्च ब्वाइज र पारो एफसीबीच प्रतिस्पर्धा हुँदै


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एएफसी च्यालेन्ज लिगको प्लेअफमा आज नेपाली लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र भुटानी टोली पारो एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । चर्च ब्वाइज अनन्त तामाङ र पारो एफसी किन्ले वाङचुकको कप्तानीमा मैदानमा उत्रँदै छन् ।

तीनपटक विश्वकप खेलिसकेका जापानका केइसुकी होन्डासहित ११ विदेशी खेलाडीको साथ पाएको पारो एफसी चर्च ब्वाइजका लागि चुनौती बन्न सक्नेछ । यद्यपि, चर्च ब्वाइजमा पनि नेपाली राष्ट्रिय टोलीका अधिकांश सदस्य छन् । त्यसैले, चर्च ब्वाइजले भुटानीसँग खेल्दा नेपाली राष्ट्रिय टोलीको झल्को दिनेछ ।

पारोले अघिल्लो वर्ष दशरथ रंगशालामा नै एएफसी कप पहिलो चरणमा मच्छिन्द्र क्लबसँग ३–२ गोलको हार बेहोरेको थियो ।

सिंगल लेग नकआउट फर्म्याटमा हुने खेलको विजेता प्रतियोगिताको समूह चरणका लागि छनोट हुनेछ। प्रतियोगितामा छनोट हुने टोलीले न्युनतम एक लाख अमेरिकी डलर प्राप्त गर्नेछ ।

समूह चरणका खेलहरू अक्टोबर २६ र नोभेम्बर २ मा ‘होम एन्ड अवे’ का आधारमा हुनेछन्।

करिव एक महिनादेखि चर्च ब्वाइजले यो प्रतियोगिताको तयारी गरेको छ । राष्ट्रिय टोलीबाट खेलेका खेलाडीबीच तालमेल मिलेको र यसले खेलमा प्रभाव ल्याउने चर्च ब्वाइजका प्रशिक्षक बालगोपाल महर्जनको विश्वास छ ।

खेलाडीले आफ्नो क्षमता र रणनीतिअनुरूप खेल्नसके घरेलु समर्थकलाई सुखद् नतिजा दिन सक्षम हुने प्रशिक्षक महर्जनको विश्वास छ ।

पारोले अहिले भूटानमा लिग खेलिरहेको छ । लिगमा पारो शीर्ष स्थानमा छ । चर्च ब्वाइजसँगको खेलका लागि पारोले जापानका पाँच खेलाडी, युरोप र केही अफ्रिकन खेलाडीलाई भित्राउँदै थप बलियो बनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ७ : २४ बजे

आईसीसी महिला टी–२० : नेपालले थाइल्याण्डलाई दियो १२३ रनको लक्ष्य

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले थाइल्याण्डसामु १

रौतहटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

रौतहट– रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको

आईसीसी महिला टी–२० : थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड

पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि