विश्वको कुल डिजिटल भुक्तानीको आधा भारतमा « Khabarhub

विश्वको कुल डिजिटल भुक्तानीको आधा भारतमा


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– विश्वको कुल डिजिटल भुक्तानीको आधा भारतमा मात्र हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।

भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) ले यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।

आरबीआईले जारी गरेको प्रतिवेदनमा विश्वमा हुने कुल डिजिटल भुक्तानीको ४८.५ प्रतिशत भारतमा मात्र हुने गरेको जनाइएको छ ।

आरबीआईले पछिल्ला ७ वर्षयता डिजिटल भुक्तानीको वृद्धिदर ५० प्रतिशत पुगेको जानकारी समेत दिएको छ ।

भारतीय समाचार संस्था एएननआईका अनुसार भारतमा ४ सय २८ लाख करोड भारतीय रुपैयाँ बराबरका १ खर्ब ६४ अर्ब पटक डिजिटल भुक्तानी भएका छन् ।

आरबीआईका अनुसार डिजिटल अर्थतन्त्रले भारतको कुल ग्राहस्थ उत्पादनको १० प्रतिशत हिस्सा ओगट्दै आएको छ । सन् २०२६ सम्म यो दोब्बर हुने आरबीआईको अपेक्षा छ ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ९ : ४२ बजे

ओली-बालेन भिडन्त : जेन-जी समर्थक र विरोधीको जनमत संग्रह

एमाले अध्यक्ष केपी शर्मा ओली नेपालका केही गणनायोग्य अपराजेय नेताहरु

म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम हुँदै

म्याग्दी– म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२-८३ को पुस मसान्तसम्म पूर्वी

एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने 

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन

आँखा उपचार केन्द्रलाई दुई करोड बढीको उपकरण हस्तान्तरण

सर्लाही– आँखा उपचार केन्द्र लालबन्दीलाई लायन्स क्लब इन्टरनेसनलले रु दुई