प्रकाश शाहीकाे तीज गीत ‘पीर’ सार्वजनिक « Khabarhub

प्रकाश शाहीकाे तीज गीत ‘पीर’ सार्वजनिक


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिन्दु नारीहरूको महानपर्व हरितालिका तीज नजिकिँदै छ । यतिबेला तिजका गीतहरूले बजार तातिरहेको छ ।

अहिले भाइरल हुने होडबाजीले तीज गीतमै अनेक विकृतिहरू मिसिन थालेकाे गुनासो पनि आइरहेका छन् । कतिपय गीत त यस्ता पनि छन् कि परिवारका सदस्य सँगै बसेर हेर्न पनि असहज महसुस हुन्छ ।

अहिले मौलिकतामा आधारित कमै मात्र तीज गीत बजारमा देख्न पाइन्छ । मौलिकतामा आधारित तीज गीतको वास्तविक पहिचान झल्काउने गरि निर्माण गरिएको प्रकाश शाहीको तीज गीत ‘पीर’ सोमबार सार्वजनिक भएको  छ ।

गायिका सुनिता बुढाको स्वरमा रहेको भिडियो सोमबार सार्वजनिक भएको छ । भिडियो प्रकाश शाही युट्युव च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।

‘पीर’ मा मौलिकतामा आधारित तीजको वास्तविक पहिचान झल्काउने गरि निर्माण गरिएको छ । उक्त गीतमा प्रकाश शाहीको शब्द, वरिष्ठ सङ्गीतकार गंगा केसी को सङ्गीत रहेको छ । त्यस्तै झरान सावद र धनकली शाहीको अभिनय, विपिन आचार्यको सङ्गीत संयोजन, प्रवीन शाहीको कोरियोग्राफी, गोपाल रुचालको छायांकन र सम्पादन, प्रकाश शाहीकै निर्देशन रहेको छ ।

शाहीका अनुसार गीतमा पिपल चौतारी, पानीका नाउला लगायतका पुराना संस्कार र संस्कृति झल्काउने चिजहरू मासिदै गएको कुरा देखाउन खोजिएको छ।

यो गीतका गीतका माध्यमबाट तीजको मौलिकता र मर्मलाई जोगाउन खोजिएको शाहीले बताए । उनका पूजाको थाली, मेरो नाचो, पशुपतिमा जलारी लगायतका तीज गीत दर्शक तथा स्रोता माझ चर्चित छन् । 

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  १२ : ११ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको