रवि लामिछाने भन्छन्- भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद स्वीकार्न सकिँदैन « Khabarhub

रवि लामिछाने भन्छन्- भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद स्वीकार्न सकिँदैन

सरकारको सुरुवाती कामलाई नजिकबाट नियालिरहेको भनाइ


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ सरकारलाई नजिकबाट नियालिरहेको बताएका छन् ।

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानले सरकारको सुरुवाती संकेतलाई जनताले मूल्याङ्कन गरिरहेको बताए । उनले नेपाली कांग्रेस र नेकपा एमाले संलग्न सरकारलाई पार्टीले नजिकबाट नियालिरहेको बताएका हुन् ।

उनले छिट्टै पार्टीका तर्फबाट सरकारको कामकारबाहीबारे धारणा सार्वजनिक गर्ने पनि जानकारी दिएका छन् । लामिछानले नेपाल विद्युत् प्राधिकरणको बक्यौता रकम उठाउनुपर्ने कुरामा कुनै दुईमत नरहेको बताए ।

लामिछानेले भ्रष्टाचार कसुरका लागि पाँच वर्षे हदम्याद स्वीकार्य नहुने जानकारी दिए । उनले जुनसुकै समयमा भएको भ्रष्टाचारको अनुसन्धान हुनुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  १ : २४ बजे

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा