पटक-पटक भइरहेको हवाई दुर्घटनाबारे सरकार गम्भीर बनोस् : सोविता गौतम « Khabarhub

पटक-पटक भइरहेको हवाई दुर्घटनाबारे सरकार गम्भीर बनोस् : सोविता गौतम


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले पटक-पटक हुँदै आएका हवाई दुर्घटनाका बारेमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको सुरुवातमै सभामुख देवराज घिमिरेसँग समय माग गरेर बोल्ने क्रममा उनले हवाई दुर्घटनाका बारेमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएकी हुन् ।   

‘नेपाली जनताको मृत्यु भनेको सरकारको सत्ताको खेलखेलमा आहुती दिने विषय होइन,’ सांसद गौतमले भनिन्, ‘पटक पटक हवाई दुर्घटना जुन भइरहेको छ यसको बारेमा सरकार गम्भीर बनोस् ।’

उनले नागरिक उड्यन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायमा छुट्याउन पनि यथाशक्य पहल गर्नसमेत माग गरिन् ।

 ‘सरकारले गम्भीरतापूर्वक यसलाई नागरिक उड्यन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायमा छुट्याउन छिटोभन्दा छिटो पाइला चालोस्,’ गौतमले भनिन् ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  १ : ३२ बजे

आबुँखैरेनीमा इभी माइक्रो दुर्घटना, छ जना घाइते

१६ माघ, दमौली (तनहुँ), । पृथ्वीराजमार्गअन्तर्गत आबुँखैरेनी गाउँपालिका–१ अन्तर्गत सत्र

डुबानबाट जोगाउन वीरगञ्ज महानगरको तीन वडामा नाला र ह्युमपाइप

वीरगञ्ज- वर्षात्का बेला पानीको उचित निकास नहुँदा डुबानको समस्या भोग्दै

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

गोरखा- अजिरकोट गाउँपालिका–३ भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

साफ यु–१९ महिला च्याम्पियनसिपको तयारी पूरा

कास्की – पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा भोलिदेखि सुरु हुने दक्षिण