हरि ढकालको तर्क- बिजुली जोड्न जस्तै उद्योगको बक्यौता उठाउन पनि प्रधानमन्त्रीले निर्देशन दिऊन् « Khabarhub

हरि ढकालको तर्क- बिजुली जोड्न जस्तै उद्योगको बक्यौता उठाउन पनि प्रधानमन्त्रीले निर्देशन दिऊन्


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले उद्योगहरूबाट बिजुलीको अर्बौँ बक्यौता उठाउने कुरामा प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिका खोजेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको तनावपूर्ण बैठकको आकस्मिक समयमा बोल्दै उनले उद्योगीहरूको बिजुलीको लाइन जोड्न निर्देशन दिएजस्तै महशुल उठाउन प्रधानमन्त्रीले निर्देशन दिनुपर्ने बताएका छन् ।

उनले प्रतिपक्षीको आवाज कमजोर नभएको भन्दै भ्रष्टाचारबिरोधी महाअभियानमा रास्वपाले निरन्तर आवाज उठाउने पनि बताएका छन् ।

यसअघि ढकालले बोल्दा बोल्दै सभामुख घिमिरेले माइक काटिदिएका थिए। करिब २० मिनेटको गलफत्तीपछि पुन: सांसद ढकालले आफ्ना कुरा राखेका हुन् । अहिले प्रतिनिधिसभा बैठक सहज रुपमा अघि बढेको छ।

 

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  २ : ०५ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४