समाचार

साङ्लो बाँधेर प्रदर्शन गरिरहेका सुनार प्रहरी नियन्त्रणमा

By खबरहब

August 13, 2024

काठमाडौं– दलित अभियन्ता खगेन्द्र सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। झन्डै अढाई किलोको साङ्लो बाँधेर प्रतिकात्मक प्रदर्शन गरिरहेका सुनारलाई प्रहरीले नियन्त्रण लिइएको हो । 

बानेश्वरस्थित संसद भवन प्रवेश गर्न खोजेपछि नियन्त्रण लिनु परेको प्रहरीले जनाएको छ । हाल उनलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ।

सुनारले गत बुधबारदेखि माइतीघरमा प्रदर्शन गर्दै आएका थिए । आज निषेधित क्षेत्रमा प्रदर्शन गर्न पुगेपछि सुनारलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।