'ग्रीन कार्ड'को प्रलोभनमा मानव बेचबिखन, एकजना पक्राउ | Khabarhub Khabarhub

‘ग्रीन कार्ड’को प्रलोभनमा मानव बेचबिखन, एकजना पक्राउ


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं  ‘ग्रीन कार्ड’को प्रलोभनमा पारी मौरिसस पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा झापा कमल गाउँपालिका–१ का ५४ वर्षीय बुद्धिराज न्यौपानेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

पीडितले गत असार २० गते नेपाल फर्किएर उजुरी दिएपश्चात् मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलले न्यौपानेलाई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–७ गौरीघाटबाट पक्राउ गरेको हो । 

न्यौपानेले मासिक रु ७० हजार तलबमा ‘कुक’को काम लगाइदिने तथा काम गरेको केही समयपछि ‘ग्रीन कार्ड’ पाइने भनी प्रलोभन देखाई मौरिसस पुर्‍याएको पीडितको उजुरीमा उल्लेख छ । 

पीडितबाट दुई लाख ५० हजार लिई विसं २०८० मङ्सिर १३ गते भारतको नयाँ दिल्ली हुँदै मौरिसस पुर्‍याई मौरिसियन नागरिकको जिम्मा लगाई दैनिक १७-१८ घण्टा घरको काममा लगाई समयमा खान र तलबसमेत नदिई चरम श्रम तथा यौनशोषण गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । 

अभियुक्त न्यौपानेउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिन म्याद थपको अनुमति लिई  प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ३ : ४७ बजे

सरकार र युनिसेफको साझेदारीबाट खानेपानीका काम अगाडि बढाउने

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादव तथा नेपालका लागि युनिसेफका प्रतिनिधि एलिस्

रविलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

काठमाडौं- कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा सहकारी संस्थाको ठगी प्रकरणमा हिरासतमा

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन निर्देशक ठाकुर ५ दिन हिरासतमा रहने

जनकपुरधाम– ठगी प्रकरणमा पक्राउ परेका बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का

आयल निगमको धनगढी डिपो गोदावरी सारिँदै

काठमाडौं– नेपाल आयल निगमले धनगढीस्थित सुदूपश्चिम प्रादेशिक डिपो कैलालीको गोदावरी

माघ १६ गते काठमाडौंमा सभा गर्ने समाजवादी मोर्चाको निर्णय

काठमाडौं- समाजवादी मोर्चाले आगामी माघ १६ गते काठमाडौंमा सभा गर्ने