अमेरिकाद्वारा हसिनाले लगाएको आरोप अस्वीकार « Khabarhub

अमेरिकाद्वारा हसिनाले लगाएको आरोप अस्वीकार


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.5k
Shares
  • change font
  • change font
  • change font

वासिङ्टनबङ्लादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्नमा आफ्नो कुनै संलग्नता नरहेको जनाउँदै हसिनाले अमेरिकालाई लगाएको आरोप झुटो भएको ह्वाइट हाउसले जनाएको छ ।   

हसिनाको बर्हिगमनमा अमेरिकी हस्तक्षेपको आरोपबारे सोधिएको प्रश्नको जवाफमा ह्वाइट हाउसका प्रेस सचिव करिन जिन–पियरेले अमेरिकाको कुनै संलग्नता नरहेको प्रष्ट पारेका हुन् । 

बङ्गलादेशको राजनैतिक परिवर्तन बङ्गलादेशी जनताको छनोट रहेको बताउदै उनले बङ्गलादेशी जनताले नै आफ्नो सरकारको  निर्माण र विघटन गर्नु पाउनु पर्छ भन्ने पक्षमा अमेरिका रहेको बताए ।   

हसिनाका छोरा तथा पूर्व सरकारी सल्लाहकार सजीब वाजेद जोयले अज्ञात विदेशी शक्तिले बङ्गलादेशको विरोध प्रदर्शनलाई समर्थन गरेको आरोप लगाउएकी थिइन् । यद्यपि उनले कुनै प्रमाण भने पेश गरेका थिएनन् ।  

मे महिनामा हसिनाले  विदेशी शक्तिलाई बङ्गलादेश सरकारलाई सैन्य विमानस्थल (एयरबेस) निर्माण गर्न अनुमति नदिएपछि आफू विरुद्ध षड्यन्त्र गरिरहेको आरोप लगाएकी थिइन् ।  

संयुक्त राज्य अमेरिकाको सामान्यतया बङ्लादेशसँग मैत्रीपूर्ण सम्बन्ध  छ । यद्यपि हालको अवस्थामा बङ्गलादेश र अमेरिकाबीच आरोप प्रत्यारोपको शृङ्खला चलिरहेको देखिन्छ । 

बङ्गलादेशमा हसिनाको सरकार अपदस्थ भएपछि हाल नोबेल पुरस्कार विजेता मुहम्मद युनुस अन्तरिम सरकारको प्रमुखको रूपमा रहेका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ४ : ५० बजे

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम्

ओली-बालेन भिडन्त : जेन-जी समर्थक र विरोधीको जनमत संग्रह

एमाले अध्यक्ष केपी शर्मा ओली नेपालका केही गणनायोग्य अपराजेय नेताहरु

म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम हुँदै

म्याग्दी– म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२-८३ को पुस मसान्तसम्म पूर्वी

एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने 

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन