पर्यटन प्रदेश सरकारको प्राथमिकतामा छ : मुख्यमन्त्री पाण्डे « Khabarhub

पर्यटन प्रदेश सरकारको प्राथमिकतामा छ : मुख्यमन्त्री पाण्डे


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

गण्डकी – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको २९औँ साधारणसभा एवम् १३औँ अधिवेशनको आज पोखरामा उद्‌घाटन गर्दै उनले पर्यटनसम्बद्ध सङ्घसंस्थासँगको समन्वयमा यस क्षेत्रमा देखिएका कानुनी समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

पर्यटनको राजधानी घोषणाले पोखराको पर्यटनको ‘ब्रान्डिङ’ हुँदा यसका माध्यमबाट समग्र गण्डकी प्रदेशको विकासमा योगदान पुग्ने उनले उल्लेख गरे । गण्डकी प्रदेशमा खेल पर्यटनसँगै धार्मिक पर्यटनमा जोड दिइएको उनले बताए ।

सरकारले मनाङ र मुस्ताङमा हाई अल्टिच्युड खेलमैदान निर्माण गर्न लागेको मुख्यमन्त्री पाण्डेले जानकारी दिए । पोखराको पर्यटन प्रवर्द्धन गर्न चाँडै सातवटै प्रदेशका पर्यटनमन्त्री तथा संघीय पर्यटनमन्त्रीसहित सम्मेलनको तयारीमा सरकार रहेको उनको भनाइ थियो ।

प्रदेशसभा सदस्य प्रकाश बरालले पर्यटनलाई उद्योगका रूपमा विकास गर्नु जरुरी भएको धारणा राखे । नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले स्वदेश र विदेशमा पोखरासहित समग्र देशको पर्यटन प्रवर्द्धन गर्न नाट्टा सक्रिय रहेको जानकारी दिए।

नाट्टाका केन्द्रीय अध्यक्ष कुमारमणि थपलियाले नेपालको पर्यटनमा गण्डकी प्रदेशको योगदान महत्वपूर्ण रहेको बताए। पर्यटकको बसाइ लम्ब्याउने किसिमका पूर्वाधारसँगै गतिविधि बढाउनुपर्नेमा उनले जोड दिए।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले नेपालको समृद्धि पर्यटनबाट सम्भव हुने बताए । अधिवेशनमा सहभागी नाट्टाका सातै प्रदेशका अध्यक्षहरूले सरकारको पर्यटनमैत्री नीति राज्यको प्राथमिकता हुनुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ५ : २२ बजे

झापामा दुई छुट्टाछुट्टै दुर्घटना, दुई महिलाको मृत्यु

झापा – झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई महिलाको

ट्रम्पको गाजा शान्ति योजना इजरायलद्वारा अस्वीकार, सेना फिर्ता नगर्ने नेतन्याहुको अडान

काठमाडौं – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले

मन्त्री लम्सालद्वारा गुल्मी अस्पताल भवन निरीक्षण

गुल्मी – पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गुल्मीको सदरमुकाम तम्घासस्थित नवनिर्मित

धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन

रसुवा – ग्यास आपूर्ति व्यवस्थापनलाई सहज बनाउन र बजारमा हुनसक्ने

कञ्चनपुरमा चार वर्षमा सवारी दुर्घटनाबाट १५४ जनाको मृत्यु

महेन्द्रनगर – कञ्चनपुरमा बितेको चार वर्षमा सवारी दुर्घटनाका कारण १५४