पर्यटन प्रदेश सरकारको प्राथमिकतामा छ : मुख्यमन्त्री पाण्डे « Khabarhub

पर्यटन प्रदेश सरकारको प्राथमिकतामा छ : मुख्यमन्त्री पाण्डे


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

गण्डकी – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको २९औँ साधारणसभा एवम् १३औँ अधिवेशनको आज पोखरामा उद्‌घाटन गर्दै उनले पर्यटनसम्बद्ध सङ्घसंस्थासँगको समन्वयमा यस क्षेत्रमा देखिएका कानुनी समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

पर्यटनको राजधानी घोषणाले पोखराको पर्यटनको ‘ब्रान्डिङ’ हुँदा यसका माध्यमबाट समग्र गण्डकी प्रदेशको विकासमा योगदान पुग्ने उनले उल्लेख गरे । गण्डकी प्रदेशमा खेल पर्यटनसँगै धार्मिक पर्यटनमा जोड दिइएको उनले बताए ।

सरकारले मनाङ र मुस्ताङमा हाई अल्टिच्युड खेलमैदान निर्माण गर्न लागेको मुख्यमन्त्री पाण्डेले जानकारी दिए । पोखराको पर्यटन प्रवर्द्धन गर्न चाँडै सातवटै प्रदेशका पर्यटनमन्त्री तथा संघीय पर्यटनमन्त्रीसहित सम्मेलनको तयारीमा सरकार रहेको उनको भनाइ थियो ।

प्रदेशसभा सदस्य प्रकाश बरालले पर्यटनलाई उद्योगका रूपमा विकास गर्नु जरुरी भएको धारणा राखे । नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले स्वदेश र विदेशमा पोखरासहित समग्र देशको पर्यटन प्रवर्द्धन गर्न नाट्टा सक्रिय रहेको जानकारी दिए।

नाट्टाका केन्द्रीय अध्यक्ष कुमारमणि थपलियाले नेपालको पर्यटनमा गण्डकी प्रदेशको योगदान महत्वपूर्ण रहेको बताए। पर्यटकको बसाइ लम्ब्याउने किसिमका पूर्वाधारसँगै गतिविधि बढाउनुपर्नेमा उनले जोड दिए।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले नेपालको समृद्धि पर्यटनबाट सम्भव हुने बताए । अधिवेशनमा सहभागी नाट्टाका सातै प्रदेशका अध्यक्षहरूले सरकारको पर्यटनमैत्री नीति राज्यको प्राथमिकता हुनुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ५ : २२ बजे

पत्रकार सिटौलाको शव पोस्टमार्टमका लागि लगियो शिक्षण अस्पताल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग चुनावी

नीति निर्माणका लागि कांग्रेस महामन्त्री पौडेलद्वारा सुझाव संकलन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र ५ का प्रतिनिधि

अरुणिमा शैक्षिक प्रतिष्ठानको ४१औँ दिवस : मुख्यसचिवसहित छ जना सम्मानित

काठमाडौं– काठमाडौंस्थित अरुणिमा शैक्षिक प्रतिष्ठानको ४१औँ स्थापना दिवसका अवसरमा मुख्य सचिवसहित

लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी सुरु

काठमाडौं– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना र नेपाल व्यावसायिक कलाकार सङ्घ, रुपन्देही

पहिलो पटक निर्वाचनमा होमिएको माओवादीले ल्यायो घोषणापत्र

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले