सरकारी वकिलहरूसँग ओलीले भने- फोटो टाँस्न मात्रै प्रधानमन्त्री भएको होइन « Khabarhub

सरकारी वकिलहरूसँग ओलीले भने- फोटो टाँस्न मात्रै प्रधानमन्त्री भएको होइन


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शान्ति प्रक्रियालाई सफलताका साथ निष्कर्षमा पुर्‍याउने बताएका छन् ।

मंगलबार महान्यायधिवक्ता कार्यालयमा आयोजित सरकारी वकिलहरूको छलफलमा प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा विभिन्न देशले चासो व्यक्त गरिरहेको बताए । उनले सफलतासाथ त्यसलाई निष्कर्षमा पुर्‍याउने पनि बताए ।

उनले संक्रमणकालीन न्यायसँग सम्बन्धी विधेयक सदनमा पेस भएको भन्दै यही अधिवेशनबाट पारित गर्ने पनि जानकारी दिएका छन् ।

ओलीले उक्त विधेयक पीडितमैत्री र पीडित केन्द्रित भएर बनाइएको भन्दै कोशेढुङ्गाका रुपमा पारित हुने धारणा राखे । त्यस्तै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत सामाजिक मूल्यमान्यता तोड्ने प्रयास भइरहेको पनि बताए ।

वर्तमान सरकारले देशविरोधी काम नगर्ने र विकासको कामलाई सकारात्मक ढंगले अघि बढाउने उल्लेख गरेका छन् । उनले अहिलेको सरकारले आलोचना गर्ने ठाँउ नदिने गरि काम गर्नेसमेत बताएका छन् ।

प्रधानमन्त्री ओलीले यसअघि सरकारमा रहँदा गरेका कामहरू गौरवबोध गर्ने रहेको दाबी गरे । उनले अहिले फोटो टास्न मात्रै नभई सकारात्मक काम गर्न प्रधानमन्त्री पद सम्हालेको पनि बताएका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ६ : ३८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार