सरकारी वकिलहरूसँग ओलीले भने- फोटो टाँस्न मात्रै प्रधानमन्त्री भएको होइन « Khabarhub

सरकारी वकिलहरूसँग ओलीले भने- फोटो टाँस्न मात्रै प्रधानमन्त्री भएको होइन


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शान्ति प्रक्रियालाई सफलताका साथ निष्कर्षमा पुर्‍याउने बताएका छन् ।

मंगलबार महान्यायधिवक्ता कार्यालयमा आयोजित सरकारी वकिलहरूको छलफलमा प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा विभिन्न देशले चासो व्यक्त गरिरहेको बताए । उनले सफलतासाथ त्यसलाई निष्कर्षमा पुर्‍याउने पनि बताए ।

उनले संक्रमणकालीन न्यायसँग सम्बन्धी विधेयक सदनमा पेस भएको भन्दै यही अधिवेशनबाट पारित गर्ने पनि जानकारी दिएका छन् ।

ओलीले उक्त विधेयक पीडितमैत्री र पीडित केन्द्रित भएर बनाइएको भन्दै कोशेढुङ्गाका रुपमा पारित हुने धारणा राखे । त्यस्तै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत सामाजिक मूल्यमान्यता तोड्ने प्रयास भइरहेको पनि बताए ।

वर्तमान सरकारले देशविरोधी काम नगर्ने र विकासको कामलाई सकारात्मक ढंगले अघि बढाउने उल्लेख गरेका छन् । उनले अहिलेको सरकारले आलोचना गर्ने ठाँउ नदिने गरि काम गर्नेसमेत बताएका छन् ।

प्रधानमन्त्री ओलीले यसअघि सरकारमा रहँदा गरेका कामहरू गौरवबोध गर्ने रहेको दाबी गरे । उनले अहिले फोटो टास्न मात्रै नभई सकारात्मक काम गर्न प्रधानमन्त्री पद सम्हालेको पनि बताएका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ६ : ३८ बजे

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता