सचिवहरूलाई मुख्यमन्त्री कार्कीको निर्देशन- जनताले देख्नेगरी काम गर्नू « Khabarhub

सचिवहरूलाई मुख्यमन्त्री कार्कीको निर्देशन- जनताले देख्नेगरी काम गर्नू


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताले देख्नेगरी काम गर्नको लागि सचिवहरूलाई निर्देशन दिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार सबै मन्त्रालयका सचिवहरूलाई निर्देशन दिँदै मुख्यमन्त्री कार्कीले प्रदेशको आम्दानी बढ्ने र नागरिकले देख्नेगरि काम गर्न निर्देशन गरे ।

प्रदेश संरचनामाथिको आलोचनालाई कम गर्ने र प्रदेशका कामहरूलाई जनतामार्फत बढिभन्दा बढि पुर्‍याउनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री कार्कीले भने, ‘अब आलोचना कम हुनेगरि काम गर्नुहोस् ।’ 

आफू नेतृत्वको सरकार गठन भएको १०० दिन पुग्न लागेको अवसरमा प्रदेश सरकारले विभिन्न क्षेत्रसँग सुझाब संकलन गर्नेगरी आयोजना गर्ने कार्यक्रम र प्रगतिका विषयमा सचिवहरूसँग उनले राम्रा राम्रा कामहरूलाई सार्वजनिक गर्नुपर्ने बताए । 

प्रदेश सरकारको आगामी साउन ३२ गते १०० दिन पुग्दैछ । सो अवसरमा विराटनगरका उद्योगी, व्यवसायी, शैक्षिक क्षेत्रका अगुवा, पत्रकार तथा पेशागत क्षेत्रका व्यक्ति र विद्यालय तहमा अध्ययन गरिरहेका बालबालिकासँग मुख्यमन्त्रीले अन्तरक्रिया गर्नेगरी कार्यक्रम तय गरिएको छ । 

कार्यक्रमबाट प्रदेश सरकारलाई राय सुझाब आउने अपेक्षा गरिएको छ । त्यस्तै ३२ गते बेलुका ७ बजेदेखि ८ बजेसम्म नागरिकसँग फेसबुक पेजमार्फत लाइभ संवाद गर्ने तयारी मुख्यमन्त्रीको रहेको छ। 

सरकारले ३२ गते आफ्नो १०० दिनको उपलब्धि पत्रकारमार्फत सार्वजनिक गर्ने तयारी पनि गरेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ७ : ४२ बजे

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

त्रिवेणी– यही माघ २७ गते रुकुम पश्चिममा एक हजार ८००

यूएईले दुई सय ६७ नेपाली बन्दीलाई दियो आममाफी, सरकारद्वारा कृतज्ञता व्यक्त

काठमाडौं– नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारको ५४औँ राष्ट्रिय

के हो पत्रकार दिनेश सिटौलाको ज्यान लिएको ‘सबअरेक्नोइड हेमरेज’ ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन (बालेन्द्र)

स्याङ्जामा वडा सदस्यसहितका युवाहरू कांग्रेस प्रवेश 

काठमाडौं– स्याङ्जामा नेकपा एमालेका वडा सदस्यसहितका युवाहरू पार्टी परित्याग गरी

उदयपुर सिमेन्टमा क्लिङ्कर हिनामिना : तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा भएको