सचिवहरूलाई मुख्यमन्त्री कार्कीको निर्देशन- जनताले देख्नेगरी काम गर्नू « Khabarhub

सचिवहरूलाई मुख्यमन्त्री कार्कीको निर्देशन- जनताले देख्नेगरी काम गर्नू


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताले देख्नेगरी काम गर्नको लागि सचिवहरूलाई निर्देशन दिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार सबै मन्त्रालयका सचिवहरूलाई निर्देशन दिँदै मुख्यमन्त्री कार्कीले प्रदेशको आम्दानी बढ्ने र नागरिकले देख्नेगरि काम गर्न निर्देशन गरे ।

प्रदेश संरचनामाथिको आलोचनालाई कम गर्ने र प्रदेशका कामहरूलाई जनतामार्फत बढिभन्दा बढि पुर्‍याउनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री कार्कीले भने, ‘अब आलोचना कम हुनेगरि काम गर्नुहोस् ।’ 

आफू नेतृत्वको सरकार गठन भएको १०० दिन पुग्न लागेको अवसरमा प्रदेश सरकारले विभिन्न क्षेत्रसँग सुझाब संकलन गर्नेगरी आयोजना गर्ने कार्यक्रम र प्रगतिका विषयमा सचिवहरूसँग उनले राम्रा राम्रा कामहरूलाई सार्वजनिक गर्नुपर्ने बताए । 

प्रदेश सरकारको आगामी साउन ३२ गते १०० दिन पुग्दैछ । सो अवसरमा विराटनगरका उद्योगी, व्यवसायी, शैक्षिक क्षेत्रका अगुवा, पत्रकार तथा पेशागत क्षेत्रका व्यक्ति र विद्यालय तहमा अध्ययन गरिरहेका बालबालिकासँग मुख्यमन्त्रीले अन्तरक्रिया गर्नेगरी कार्यक्रम तय गरिएको छ । 

कार्यक्रमबाट प्रदेश सरकारलाई राय सुझाब आउने अपेक्षा गरिएको छ । त्यस्तै ३२ गते बेलुका ७ बजेदेखि ८ बजेसम्म नागरिकसँग फेसबुक पेजमार्फत लाइभ संवाद गर्ने तयारी मुख्यमन्त्रीको रहेको छ। 

सरकारले ३२ गते आफ्नो १०० दिनको उपलब्धि पत्रकारमार्फत सार्वजनिक गर्ने तयारी पनि गरेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ७ : ४२ बजे

राजनीतिक प्रतिशोध साँध्ने अखडा नबनोस् संसद्

नेपालको संसदीय इतिहासमा २०८२ को निर्वाचन एउटा कोशेढुङ्गा सावित भयो

स्वकीय सचिव राख्ने व्यवस्थाविरुद्ध साम्पाङ : ‘५ वर्षमा ५० करोड आर्थिक भार थोपरिन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज

इजरायल र लेबनानबीच तीन दशकपछि प्रत्यक्ष वार्ता, हिजबुल्लाह असन्तुष्ट

काठमाडौँ – इजरायल र लेबनानबीच तीन दशकयताकै पहिलो पटक उच्चस्तरीय

मधेशमा जुडशीतल पर्वको दोस्रो दिन : मान्यजनबाट शिरमा जलसेचन लिइँदै

महोत्तरी– मधेश प्रदेशमा मनाइने जुडशीतल पर्वको दोस्रो दिन आज मान्यजनबाट

२०८२ मा मुद्दती निक्षेपतर्फ ३४ प्रतिशतसम्मले घट्यो ब्याजदर, कुन बैंकको कति घट्यो ?

काठमाडौं– २०८२ सालमा बैंकिङ क्षेत्रको निक्षेपमा निक्षेपकर्ताले पाउने ब्याजमा ठूलो