हिलाम्मे मैदानमा पारोसँग चर्च ब्वाइज पराजित, प्रारम्भिक चरणमै टुंगियो यात्रा « Khabarhub

हिलाम्मे मैदानमा पारोसँग चर्च ब्वाइज पराजित, प्रारम्भिक चरणमै टुंगियो यात्रा


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एएफसी च्यालेन्ज कपमा चर्च ब्वाइज युनाइटेडको यात्रा प्रारम्भिक छनोटमै टुंगिएको छ। त्रिपुरेश्वरस्थित हिलाम्मे दशरथ रंगशालामा बुधबार साँझ भएको खेलमा भुटानको पारो एफसीले चर्च ब्वाइजालई २-१ गोल स्तब्ध बनाएको हो ।

पारोलाई अघिल्लो चरण पठाउने क्रममा किङ्गा वाङ्चुक र विलियम ओपकुले गोल गरे। पराजित चर्च ब्वाइजका लागि लाकेन लिम्बूले एक गोल गरे ।

यद्यपित खेलको ३९औँ मिनेटमा लाकेन लिम्बूले चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए । मोसेस टुमको पासमा लिम्बूले गोललाई जाली चुमाए । तर त्यसको १ मिनेटमै किङ्गा वाङ्चुङले पारोका लागि गोल गर्दै खेललाई बराबरीमा ल्याए।

पहिलो हाफ बराबरी भएको अवस्थामा खेलको ६७ औँ मिनेटमा ओपकुले पारोलाई २-१ को अग्रता दिलाए । यससँगै घरेलु मैदानमा पराजित हुँदै चर्च ब्वाइज प्रारम्भिक छनोटमै आफ्नो यात्रा टुंग्याउन बाध्य भएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ८ : ०७ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर