भासियो पुर्चौडी जोड्ने सडक, यातायात सेवा बन्द « Khabarhub

भासियो पुर्चौडी जोड्ने सडक, यातायात सेवा बन्द


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडीको पुर्चौडी नगरपालिकाको केन्द्र जोड्ने ढोल्यामोड–हाट सडक चार दिनदेखि अवरुद्ध भएको छ । उक्त सडकको ठाउँठाउँमा पहिरो जाने र भासिने समस्याले सडक अवरुद्ध भएको हो ।

शनिबार रातिदेखि सडक पूर्णरूपमा अवरुद्ध हुँदा पुर्चौंडी पुग्ने यात्रुलाई समस्या भएको छ । ढोल्यामोडदेखि हिँडेर जानुपर्ने बाध्यता रहेको स्थानीयले बताएका छन् ।

ढोल्यामोड–हाट सडकको खामोहाले, गोफाखोला नजिक, सनगाउँ, बडगाउँ विद्यालय नजिकै पहिरो खसेको स्थानीय पुरनसिंह ऐरले बताए । यसका साथै ठण्डा पानी भन्ने ठाउँमा करिब ४० मिटर सडक भासिएको छ ।

सडक अवरुद्ध चाडपर्वका लागि परदेशबाट घर फर्केकाहरू ढोल्यामोडबाट पैदल हिँड्न बाध्य छन् भने सबैभन्दा बढी समस्या बिरामीलाई भएको छ । यसका साथै यहाँको पुर्चौडी क्षेत्रमा खाद्यान्न अभाव हुन थालेको स्थानीयले बताएका छन् ।

ढोल्यामोड–हाट सडक स्तरोन्नतिको काम भइरहेको छ । सडक चौडा गर्ने क्रममा नयाँ कटिङ गरेका ठाउँमा पहिराको जोखिम बढी देखिएको छ । यसैबीच सडक सञ्चालन गर्न प्रयास गरे पनि खुलाउन समस्या भएको पुर्चौडी नगरपालिकाले जनाएको छ ।

सडक खुलाउन दुई वटा जेसिबी प्रयोग गरेर प्रयास गरिए पनि सम्भव नभएको पुर्चौडी नगरपालिकाका इञ्जिनियर अनिलसिंह बोहराले बताए । उनले पहिरो पन्छाउने काम भए पनि सडक भासिएको ठाउँमा सदस्य रहेको जानकारी दिए । तत्काल सडक सञ्चालन हुन नसक्ने भएकाले वैकल्पिक सडक प्रयोग गर्न नगरपालिकाले आग्रह गरेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ८ : ३५ बजे

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा