जेलमा भएका सूर्यदर्शन सहकारीका सञ्चालकसँग सोधपुछ « Khabarhub

जेलमा भएका सूर्यदर्शन सहकारीका सञ्चालकसँग सोधपुछ


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहकारी संस्थाको बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले जेलमा रहेका सूर्यदर्शन बचत तथा ऋण सहकारीका सञ्चालकहरुसँग सोधपुछ गरेको छ ।

समितिका सभापति सूर्य थापाका अनुसार बुधबार सिंहदरबारमा बसेको बैठकमा समितिले जेलमा रहेका सूर्यदर्शन सहकारी पोखराका पूर्व सञ्चालक भविश्वर अर्याल, सचिव तथा गोरखा मिडिया नेटवर्क प्रालिका सञ्चालक कुमार रम्तेल र पूर्व सञ्चालक शिवकुमार गुरूङ(महेन्द्र भोटे)सँग बयान लिएको छ । उनीहरुलाई कास्की सुधार गृहबाट बैठकमा उपस्थित गराइएको थियो ।

यस्तै अर्यालसँग आज समय अभावका कारण आधा मात्रै सोधपुझ गरिएकाे समितिका एक सदस्यले जानकारी दिए । उनलाई भोलि ८ बजेदेखि पुनः बयान लिने गरी समितिमा बोलाइएको छ।

भोलि बुधबार पोखराकै बाँकी तीन सहकारीका पीडकहरूसँग जेलबाट बैठकमा बोलाइएर सोधपुछ गर्ने कार्यक्रम रहेको समितिले जनाएकाे छ ।

विशेष समितिको कार्यविधि अनुसार विभिन्न सहकारी दुरुपयोगमा संलग्न व्यक्तिहरूको सोधखोज भइरहेको सभापति थापाको भनाइ छ ।

यसअघि समितिले डम्बरबहादुर तामाङ, गोरखा बचत तथा ऋण सहकारी संस्था ललितपुरका पूर्वअध्यक्ष डिबी बम्जन, गोरखा बचत तथा ऋण सहकारी संस्था, ललितपुरका अध्यक्ष इमानसिंह राई, श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था पुलचोक ललितपुरका कार्यकारी प्रमुख सुरेन्द्र भण्डारी, गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था कुलेश्वर काठमाडौंका सचिव रामबहादुर गौतम, पशुपति बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा कान्तिपुर सेभिङ एण्ड कोअपरेटिभका पूर्व अध्यक्ष सीबी लामा लगायतलाई सोधपुछ गरेको थियो ।
ं

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ९ : ५१ बजे

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा