सुनको मूल्यमा यो साता पनि नयाँ रेकर्ड « Khabarhub

सुनको मूल्यमा यो साता पनि नयाँ रेकर्ड


२८ भदौ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लगातार बढिरहेको सुनको मूल्यले यो साता पनि नयाँ रेकर्ड कायम गरेको छ । सातामै सुनको मूल्य प्रतितोलामा ४ हजार २०० रुपैयाँ बढेको हो ।

आइतबार प्रतितोला १ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार १ लाख ५६ हजार ३०० रुपैयाँ पुगेको छ । बिहिबार सामान्य घटेर साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार पुनः ऐतिहासिक रेकर्ड कायम गरेको हो ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको द्वन्द्वको प्रभाव, कच्चा तेलको मूल्यमा भएको वृद्धि, डलरको विनिमय दरमा देखिएको स्थिरता, सुनको मूल्यमा
विगत केही समयदेखि देखिँदै आएको बढ्दो प्रवृत्ति लगायत कारणले सुनको मूल्य बढ्न सघाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यो साता नेपाली बजारमा चाँदीको मूल्य पनि सामान्य बढेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला १ हजार ७५० रुपैयाँ रहेकाे चाँदीको मूल्य शुक्रबार १ हजार ८६० रुपैयाँ पुगेको हो ।

प्रकाशित मिति : २८ भदौ २०८१, शुक्रबार  ६ : ३२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको