सुनको मूल्यमा यो साता पनि नयाँ रेकर्ड « Khabarhub

सुनको मूल्यमा यो साता पनि नयाँ रेकर्ड


२८ भदौ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लगातार बढिरहेको सुनको मूल्यले यो साता पनि नयाँ रेकर्ड कायम गरेको छ । सातामै सुनको मूल्य प्रतितोलामा ४ हजार २०० रुपैयाँ बढेको हो ।

आइतबार प्रतितोला १ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार १ लाख ५६ हजार ३०० रुपैयाँ पुगेको छ । बिहिबार सामान्य घटेर साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार पुनः ऐतिहासिक रेकर्ड कायम गरेको हो ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको द्वन्द्वको प्रभाव, कच्चा तेलको मूल्यमा भएको वृद्धि, डलरको विनिमय दरमा देखिएको स्थिरता, सुनको मूल्यमा
विगत केही समयदेखि देखिँदै आएको बढ्दो प्रवृत्ति लगायत कारणले सुनको मूल्य बढ्न सघाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यो साता नेपाली बजारमा चाँदीको मूल्य पनि सामान्य बढेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला १ हजार ७५० रुपैयाँ रहेकाे चाँदीको मूल्य शुक्रबार १ हजार ८६० रुपैयाँ पुगेको हो ।

प्रकाशित मिति : २८ भदौ २०८१, शुक्रबार  ६ : ३२ बजे

तस्बिरमा हेर्नुहोस्, जनकपुर र पोखराबीच प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

पोखराले गुमायो पाचौँ विकेट, ६१ रन बनाएका दास आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका