फाइल तस्बिर

देश/प्रदेश

बागलुङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

By खबरहब

September 13, 2024

ढोरपाटन – गलकोट नगरपालिका-२ भुङ्खानीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्को एक जना घाइते भएका छन्। दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए।

पौडेलका अनुसार गलकोटतर्फ गइरहेको जीप शुक्रबार बिहान दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका र ज्यान गुमाएकाको परिचय खुल्न सकेको छैन।

दुर्घटनामा एक पुरुष घाइते भएका छन्। घाइतेलाई उद्धार गरी बागलुङ अस्पताल पठाइएको छ। प्रहरी घटनास्थलमा पुगेर उद्धारमा जुटेको छ।