आमासहित काठमाडौंबाट फर्किँदै थिइन् भुपेन्द्रा, घर टेक्नै नपाई दुर्घटनामा दुवैजना बिते « Khabarhub

आमासहित काठमाडौंबाट फर्किँदै थिइन् भुपेन्द्रा, घर टेक्नै नपाई दुर्घटनामा दुवैजना बिते


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बागलुङमा शुक्रबार बिहान भएको जीप दुर्घटनामा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्र बुढा र उनकी आमाले पनि ज्यान गुमाएकी छन् ।

मध्यपहाडी लोकमार्गमा गाउँपालिकाको जीप दुर्घटना भएर तीन सय मिटर तल खस्दा उपाध्यक्ष भुपेन्द्रा बुढा र उनकी ६१ वर्षीया आमा गोपीमायाको पनि ज्या गएको हो ।

प्रहरीका अनुसार शुक्रबार बिहान पौने ९ बजे गलकोट नगरपालिका वडा नम्बर-२ स्थित भुँखानीमा रा १ झ २०० नम्बरको पिकअप सडकबाट ३ सय मिटर तल झरेर दुर्घटना भएको हो ।

उक्त पिकपअप भ्यान काठमाडौंबाट रुकुम पूर्व गइरहेको थियो । दुर्घटनास्थलबाट प्रहरीले एकजनालाई उद्धार गरेको छ । ती घाइतेलाई उपचारका लागि बागलुङ बजारस्थित धौलागिरि अस्पतालमा पठाइएको छ ।

उक्त दुर्घटनामा आमाछोरीसहित तीन जनाको ज्यान गएको छ । मृतक एकजना पुरुषको सनाखत हुन नसकेको प्रहरी निरीक्षक प्रताप पौडेलले बताए ।

आमालाई पशुपति दर्शन गराएकी थिइन्

गाउँपालिका उपाध्यक्ष भुपेन्द्राले पाँच दिनअघि मात्रै आमालाई पशुपतिनाथको दर्शन गराएकी थिइन् । उनले बुवा बितेपछि एक्लै परेकी आमालाई काठमाडौं घुमाउन ल्याएकी थिइन् ।

पशुपति परिसरस्थित बागमती नदी क्षेत्रमा उनले आमालाई घुमाएको भिडियो भुपेन्द्राले सामाजिक सञ्जालमा राखेकी छन् । त्यसैगरी उनले आमालाई वसन्तपुरसहितका स्थानमा पनि घुमाएकी थिइन् ।

सात वर्षअघि नै बुवालाई गुमाएकी उनले आमा नै आफ्ना लागि सबथोक भएको बताउने गरेकी थिइन् ।

पाँच दिनअघि उनले आमालाई पशुपतिनाथ क्षेत्रमा घुमाइरहेको भिडियोमा प्रशंसासहितको गीत पनि राखेकी थिइन् ।

जसमा भनिएको थियो, ‘एक्लै धर्ती टेकायौ आमा, संसार देखायौ, आमा तिम्ले बोल्न सिकायौ, आमा चल्न सिकायौ…’

भुपेन्द्राले फेसबुकमा राखेको पोस्टअनुसार उनी आमाको खुट्टामा समस्या थियो । उनले आमालाई उपचारका लागि अस्पतालमा पनि राखेकी थिइन् । उपचारपछि उनले आमालाई साथमै लिएर पालिका फर्किने क्रममा दुर्घटनामा परेकी हुन् ।

७ वर्षअघि नै बुवालाई गुमाइसकेकी उनले ६१ वर्षीय आमाको स्याहारदेखि हेरचाह आफैं गर्दै आएकी थिइन् । तर उनीहरू दुवैजना काठमाडौंबाट फर्किने क्रममा घर टेक्नै नपाई दुर्घटनामा एकसाथ बितेका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  १ : ०२ बजे

कांग्रेस महाधिवेशन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन

विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि गैरप्राथमिक आयोजनाको बजेट कटौती गरिने

हेटौँडा– बागमती प्रदेश सरकारले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणलाई

अन्तर्राष्ट्रिय साहित्यतर्फको नोबेल पुरस्कार क्यानेडाली कवयित्री एवम् निबन्धकार एन कार्सनलाई

काठमाडौं- क्यानेडाली कवयित्री, निबन्धकार तथा अनुवादक एन कार्सनले यस वर्षको

गगनको मुखैमा विधान छ, मन लागेका बेला फ्याट्टै फेर्नुहुन्छ : प्रकाशशरण महत

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशन जारी छ । संस्थापन पक्ष

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।