अर्की मिस नेपालले पनि खेल्ने भइन् फिल्म « Khabarhub

अर्की मिस नेपालले पनि खेल्ने भइन् फिल्म


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वमिस नेपाल नम्रता श्रेष्ठले फिल्म ‘रंगी’ खेल्ने भएकी छन् । मिस नेपालको उपाधि जितेको ४ वर्षपछि उनले फिल्ममा डेब्यू गर्न लागेकी हुन् ।

निर्माण पक्षसँग उनको कागजी सम्झौता भइसकेको छ । आफूलाई प्रस्ताव गरिएको भूमिका मन परेकालो फिल्म खेल्ने मनस्थिति बनाएको उनले बताइन् ।

‘स्क्रिप्ट पढ्दा मैले स्कुल पढाउँदाको समय सम्झिएँ । यसमा मेरो क्यारेक्टर पनि रमाइलो खालको छ । बच्चाको लागि एउटा आमा जस्तो भूमिका गर्नु पर्ने भएकाले पनि काम गर्न मन लाग्यो’, नम्रता भन्छिन् ।

अनुबन्ध भएसँगै नम्रताले पहिला एक वेभ सिरिजमा प्रस्ताव आए पनि विवादास्पद भूमिका महसुस भएर काम नगरेको खुलाइन् । भन्छिन्, ‘म अलिक सोझी छु । तर वेब सिरिजको क्यारेक्टर ग्ल्यामर भएकाले विवाद आउँछ भनेर काम गरिनँ ।’

नम्रता मिस वर्ल्ड नेपाल २०२० की विजेता हुन् । त्यसअघि उनी किन्डरगार्डेन शिक्षिका थिइन् ।

केही पूर्वमिस नेपालहरु अहिले पनि फिल्ममा सक्रिय छन् । अब फिल्म क्षेत्रले अर्को मिस नेपाललाई पनि पाउने पक्का भएको हो ।

यसअघि निर्माण पक्षले फिल्मको टाइटल पोस्टर सार्वजनिक गरेको थियो । उक्त पोस्टरमा साइकलमा बसिरहेकी एक बालिका र एक पुरुष प्रस्तुत गरिएको छ । पृष्ठभूमिमा सूर्यास्त देख्न सकिन्छ ।

टाइटल पोस्टरबाट फिल्म सोसल ड्रामा जनरामा बन्ने अनुमान गर्न सकिन्छ ।

‘रंगी’ सलोन सलिना फिल्मस् प्रालिको ब्यानरमा बन्न लागेको हो । यस फिल्मबाटै सुरेश न्यौपानले फिल्म निर्देशनमा डेब्यू गर्न लागेका हुन् । उनीसँग ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका फिल्ममा मुख्य सहायक निर्देशन गरेको अनुभव छ ।

सुमन गजमेरको लेखन रहने यस फिल्मको निर्माता सक्षम सुवेदी हुन् ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  २ : ४९ बजे

माछापालनबाट मनग्य आम्दानी गर्दै कृषक चौधरी

कैलाली– यहाँको कैलारी गाउँपालिका-५ गोबरेलाका किसान सनोज चौधरीले माछापालन व्यवसायबाट

जब सुदन गुरुङले भीमसेन थापालाई ‘मतियार’ भने…

काठमाडौं- गत भदौ २३ गते माइती घरबाट जेन-जी आन्दोलन सुरू

फागुन पहिलो सातादेखि मतदाता शिक्षा कार्यक्रम

दमौली– फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

भारतमा निपाह बढ्दै गएपछि नेपालले जारी गर्‍यो आपतकालीन स्वास्थ्य निर्देशिका

काठमाडौं– भारतका केही राज्यमा निपाह भाइरसको संक्रमण बढ्दै जाँदा नेपालमा

रोहित शेट्टीको घरबाहिर मध्यरातमा चल्यो गोली

काठमाडौं– बलिउडका सफल फिल्म निर्देशक रोहित शेट्टीको मुम्बईस्थित घरबाहिर आइतबार