राष्ट्रपतिबाट वरिष्ठ महिला चिकित्सकलाई सम्मान « Khabarhub

राष्ट्रपतिबाट वरिष्ठ महिला चिकित्सकलाई सम्मान


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका वरिष्ठ महिला चिकित्सकहरूलाई सम्मान गरेका छन् ।

नेपाल चिकित्सक संघद्धारा वुमेन इन मेडिसिन इन नेपाल २०२४ अन्तर्गत  राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले महिला चिकित्सकहरूलाई सम्मान गरेका हुन् ।

सम्मानित हुनेहरूमा वुमन इन मेडिसिन इन नेपाल अवार्ड अन्तर्गत डा. रीता गुरूङ, डा. शान्तकुमारी सापकोटा, डा. हीरा तुलाधर, डा. गीता सायमी र डा. कल्पना सुवेदी उपाध्याय छन्। वुमेन इन मेडिसिन इन नेपाल लाइफटाइम एचिभमेन्ट अवार्ड अन्तर्गत  डा. सुनिता आचार्य, डा. सुधा खकुरेल, डा.बिमला लाखे, डा.मालती त्रिपाठी र डा.अम्बिका श्रेष्ठ हुन् । उनीहरुलाई राष्ट्रपति पौडेलले दोसल्ला एवम् सम्मानपत्रसहित सम्मान गरेका थिए ।

कार्यक्रममा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले नागरिकलाई रोगी हुनबाट बचाउनका लागि व्यापक काम गर्न जरुरी रहेको उल्लेख गरे ।

अहिलेको सन्दर्भमा स्वास्थ्य नीतिलाई थप प्रभावकारी बनाउनुपर्ने, स्वास्थ्य क्षेत्रमा महिलालाई सहज रुपमा काम गर्ने अवस्था सिर्जना गर्नुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ४ : ४३ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल