समाचार

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष लोहनीले दिए राजिनामा 

By खबरहब

September 13, 2024

काठमाडौं– स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले पदबाट राजिनामा दिएका छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज दिउसो उनले राजिनामा पत्र दर्ता गराएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पूर्व अतिरिक्त स्वास्थ्य सचिव समेत रहेका डा. लोहनीलाई १३ मंसिर २०८० मा बसेको मन्त्रिपरिषद् बैठकले बीमा बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

स्वास्थ्यको कारण देखाउँदै उनले राजिनामा दिएको मन्त्रालय श्रोतले बताएको छ । स्वास्थ्य मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा। लोहनीले बीमामा सुधार गर्न नसके राजीनामा दिन्छु भनेर यसअघि नै घोषणा गरिसकेका थिए ।