भोटेकोशीमा खस्यो बोलेरो, बाढीका कारण उद्धारमा समस्या « Khabarhub

भोटेकोशीमा खस्यो बोलेरो, बाढीका कारण उद्धारमा समस्या

गोताखोरसहित सेना, प्रहरी घटनास्थलमा, घटनास्थलमा क्रेन पनि


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिन्धुपाल्चोकस्थित भोटेकोशी नदीमा एउटा बोलेरो गाडी खसेको छ । शुक्रबार दिउँसो बाह्रबिसे, तातोपानी जाने सडकको बोडरल्यान्डस्थित भोटेकोशी नदीमा बोलेरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी निरञ्जन भट्टराईका अनुसार सडकमा भोटेकोशीमा खसेको गाडीको केही भाग देखिएको छ ।

‘गाडी खसेको पुष्टि भएको छ । गाडीको टायरसहितको केही भाग पनि देखिँदैछ’, उनले खबरहबलाई भने, ‘तर भोटेकोशीमा ठूलो बाढी आएकाले उद्धारमा चुनौती आइपरेको छ ।’

डीएसपी भट्टराईका अनुसार घटना थाहा भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले गाडी र त्यसमा सवार यात्रुको खोजी गरिरहेको छ ।

‘प्रहरी र सेनाको टोलीले गोताखोरसहित खोजी गरिरहेको छ । तर बाढी उर्लेको भोटेकोशीमा बोलेरो पूरै डुबेकाले नम्बर पनि पहिचान गर्न मुस्किल भएको छ’, उनले भने, ‘हामीले दुईवटा क्रेनसमेत लगेर गाडी निकाल्ने कोसिस गरिरहेका छौँ । गाडीको थोरै भाग मात्रै देखिएकाले क्रेनले पनि तानेर निकाल्न मुस्किल भएको छ ।’

भट्टराईका अनुसार गाडी नम्बर नखुलेकाले त्यसमा कति यात्रु सवार थिए भन्ने पनि खुल्न सकेको छैन । स्थानीय जलविद्युत्का दुईवटा क्रेनले तान्ने प्रयास गरिए पनि बाढी कारण नसकिएको उनले बताए ।

‘हामीसँग गोताखोरसहितको टोली छ । सेना पनि आएको छ । तर यहाँ ठूलो वर्षा पनि भइरहकेको छ’, उनले भने, ‘गाडी निकाल्न नसकिएकाले थप विवरण पत्ता लगाउन सकिएको छैन, उद्धारको कोसिस भइरहेको छ ।’

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ५ : ३० बजे

पर्यटक शुल्कबाट ‘एक्याप’लाई वर्षमा पौने ६८ करोड आम्दानी

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गत आव २०८२/०८३ मा

बर्दिया–२ मा महाधिवेशन प्रतिनिधि चयन हुँदै, सभापतिका आकांक्षी राठोर पनि प्रतिस्पर्धामा

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बर्दिया क्षेत्र नम्बर २ मा महाधिवेशन

लक्षित बैतडीमा १३ स्थानमा यात्रु सहायता कक्ष

बैतडी– चाडपर्वका बेला यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित रुपमा गन्तव्यमा

महिला महामन्त्री थप्नुपर्नेमा धेरै नेताको अडान

काठमाडौं– नेपाली कांग्रेसको विधानमा अहिले दुईजना महामन्त्री बन्ने अवस्था तोकिएको

परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी