यसरी जोगिन सकिन्छ ज्यान लिने कारण बनिरहेको सेप्सिसबाट | Khabarhub Khabarhub

विश्व सेप्सिस दिवस

यसरी जोगिन सकिन्छ ज्यान लिने कारण बनिरहेको सेप्सिसबाट


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

आज विश्व सेप्सिस दिवस ‘सेप्सिसको रोकथाम गर्दै जीवन रक्षा गरौँ’ भन्ने नाराका साथ मनाइँदै छ । नेपालसहित विश्वभर यस दिनमा जनचेतनामुलक कार्यक्रम भइरहेका छन् । सेप्सिसले वार्षिक रूपमा विश्वभर कम्तीमा एक करोडको मृत्यु हुने गरेको तथ्याङ्क छ । विश्व सेप्सिस दिवस सन् २०१२ मा ग्लोबल सेप्सिस गठबन्धनले मनाउन थालेको हो ।

हरेक वर्ष सेप्टेम्बर १३ मा विश्वभर गरिने कार्यक्रमहरूले सेप्सिसबारे चेतना जगाउने विश्वास छ । सेप्सिस के हो ? के कारणले हुन्छ ? यसको उपचार तथा रोकथाम के ? खबरहबले यिनै विषयमा फिजिशियन डा. प्रतीक पौडेलसँग गरेको कुराकानी :

सेप्सिस भनेको के हो ?

सेप्सिस कुनै पनि रोगका कारण हुने इन्फेक्सन जस्तै निमोनिया, एपेन्डिक्स आदिले रगतमा संक्रमण बढेको अवस्थालाई भनिन्छ । यो छुट्टै रोग नभएर एक गम्भीर स्वास्थ्य अवस्था हो । शरीरको प्रतिरक्षा प्रणालीले सङ्क्रमणका लागि चरम प्रतिक्रिया गर्दा यो समस्या देखिन्छ ।

यस्तो बेला शरीरको आफ्नै प्रतिक्रियाले तन्तु र अङ्गलाई क्षति गर्छ । सेप्सिसले जोसुकैलाई पनि असर गर्दछ । यसलाई मानिसको मृत्युको मुख्य कारण मानिएको छ । बालबालिका, वृद्धवृद्धा, गर्भवती र अन्य स्वास्थ्य समस्या भएका मानिसहरू यसको उच्च जोखिममा हुन्छन् ।

सेप्सिसका कारण

डाइरियाको संक्रमण
निमोनिया
पेटको संक्रमण
मिर्गौलाको संक्रमण
रगतको संक्रमण
ब्रेनको संक्रमण

क्षयरोगलगायत कुनै स्वास्थ्य संक्रमण हुँदा समयमै उपचार नभए सेप्सिस हुने सम्भावना धेरै हुन्छ ।

कस्तो अवस्थालाई सेप्सिस भन्ने ? लक्षण के के हुन् ?

रक्तचाप घट्ने, जस्तै : माथिको सयभन्दा कम र तलको ८० भन्दा तल झर्ने ।

शरीरको तापक्रम ३८ दशमलव ३ डिग्री सेन्टिग्रेटभन्दा बढी अथवा ३७ डिग्री सेन्टिग्रेटभन्दा कम हुने ।

मुटुको चाल प्रतिमिनेट ९० भन्दा बढी हुने ।

श्वासप्रश्वासको गति प्रतिमिनेट २० देखि २२ भन्दा बढी हुने ।

पिशावको मात्रा अति कम हुने ।

होस् पनि कम हुने ।

शरीरमा सेतो रगतको मात्रा बढ्ने लगायत लक्षणहरु देखिएमा सेप्सिस भएको मान्न सकिन्छ ।

उपचार कसरी गर्ने ?

शुरुमा के कारणले सेप्सिस भएको हो ? कारण पत्ता लगाउनुपर्छ । जस्तै : कसैलाई झाडापखालाकाले सेप्सिस भए त्यसको उपचार गर्ने । कसैको एपेन्डिक्स फुटेर रगतमा संक्रमण फैलिँदा सेप्सिस भएको हुन्छ । त्यस्तो केशमा तुरुन्तै अप्रेशन गर्नुपर्छ ।

रक्तचाप घट्ने, श्वास्प्रश्स्वास बढ्ने समस्या छ भने बढाउन स्लाइन दिने, बिरामीलाई अक्सिजन दिएर राख्ने र सेप्सिसको शंका लागेको बिरामीलाई एक घण्टाभित्रै एण्टिबायोटिक दिनु पर्छ ।

नेपालमा सेप्सिसमै जाने बिरामीको अवस्था कस्तो छ ?

हुन त यो विश्वभर बढिरहेको छ । तर एसिया र अफ्रिकी मुलुकमा बढी देखिन्छ । हाम्रोमा तुरुन्तै उपचार पाउन अलिक गाह्रो छ । आईसीयूहरु पनि पर्याप्त छैनन् । जसबाट बिरामीलाई संक्रमण फैलिने जोखिम उच्च हुन्छ ।

यो मुख्यतः दुई किसिमको छ । एउटा नियोलएड्रोट, जुन जन्मजात बच्चाहरूमा देखिन्छ । समयअगावै जन्मिएका, कम तौलकामा देखिन्छ । घरमै सुत्केरी हुँदा संक्रमण फैलिएर सेप्सिस हुने गर्दछ । अर्को, एडल्ट सेप्सिस, जुन आईसीयूका बिरामीहरूमा हुन्छ । यो आईसीयूमा भर्ना हुने ३० प्रतिशतमा देखिन्छ । सेप्सिस भएका ४० प्रतिशत बिरामीको मृत्यु हुने गरेको छ ।

सेप्सिसबाट बच्न के गर्ने ?

यसबाट बच्न सबैभन्दा महत्वपूर्ण सचेतना हो । डाइरिया लगायत संक्रमणबाट बच्न स्वस्थ खाना खाने, धुमपान र मदिरापान नगर्ने, सरसफाइमा ध्यान दिने र समय समयमा हात धुने ।

बिरामीलाई छुुनुअघि र पछि, संक्रमित कुराहरू छोएपछि हात धुने, कुनै संक्रमण भएको शंका लागे तुरुन्तै स्वास्थ्य सल्लाह लिने । सेप्सिसबारे जनचेतना फैल्याउने, सेप्सिस भइहाले कारण पत्ता लगाएर एन्टिवायोटिक सुरु गर्नुपर्छ । यति गर्नसके सेप्सिसको जोखिमबाट जोगिन सकिन्छ । यस दिवसको उद्देश्य पनि यही हो ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ७ : २९ बजे

शर्मिला वाइबालाई आक्रमण गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– शर्मिला वाइबा (राई) लाई आक्रमण गरेको आरोपमा प्रहरीले दुई जनालाई

चीनले ‘शेन्जोउ-२०’ मानवयुक्त अन्तरिक्ष यान प्रक्षेपण गर्ने

एजेन्सी – चीनको मानवयुक्त अन्तरिक्ष कार्यक्रम अन्तर्गत ‘शेन्जोउ–२०’ अन्तरिक्ष यान

राष्ट्रपति पौडेल र युएईका उपप्रधानमन्त्रीबीच भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्स (युएई)का उपप्रधानमन्त्री तथा

एमालेले गर्ने ‘यूथ सेलिब्रेशन’ कार्यक्रमको तयारी पुरा

काठमाडौं– नेकपा एमालेले लोकतन्त्र दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजना गर्ने

कुलमान जोगाउन मन्त्रीसँगै भिडेका पूर्णबहादुरले सचिवलाई स्पष्टीकरण सोध्दा गुमाए आफ्नै पद

काठमाडौं – ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले आफू