४९ युक्रेनी युद्धबन्दी किएभ फर्केको जेलेन्स्कीको घोषणा « Khabarhub

४९ युक्रेनी युद्धबन्दी किएभ फर्केको जेलेन्स्कीको घोषणा


२८ भदौ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले शुक्रबार ४९ युक्रेनी युद्धबन्दी रुसबाट फिर्ता गरिएको घोषणा गरेका छन् । युद्धबन्दीको समूहलाई बेलारुससँगको सीमामा स्वागत गरिएको थियो । 

सामान्यतया हुने गरेजस्तै यो रुससँगको आदानप्रदान थियो वा थिएन भन्नेबारे जेलेन्स्कीले स्पष्ट पारेनन् । रुसको कुर्स्क क्षेत्रमा किएभको आश्चर्यजनक आक्रमणपछि युद्धरत दुवै मुलुकबीच यो दोस्रो आदानप्रदान हुनेछ । 

जेलेन्स्कीका अनुसार ‘आफ्नो बिरामी बुबाको हेरचाहका लागि आउँदा बन्धक बनाइएकी किशोरी’ लगायतका सर्वसधारणहरू फर्किएका थिए । 

उनले यो आदानप्रदानमा मारियुपोलको सन् २०२२ अजोभास्टल युद्धका लडाकूहरूका साथै सैनिक, सीमा रक्षक र प्रहरी अधिकारी पनि समावेश रहेको बताए ।

एएफपीले युक्रेनी झन्डामा बेरिएका र फूल ग्रहण गरिरहेका दुई महिलाले उनीहरू सन् २०२२ मा घेराबन्दीपछि रुसको कब्जामा परेको अजोभास्टल संयन्त्रमा रहेको बताए । 

‘अन्ततः म घरमा छु, मलाई विश्वास भइरहेको छैन’, युक्रेनको नेसनल गार्डको सशस्त्र वाहनका कमान्डर २८ वर्षीया तमारा मिरोशनिकोभाले भने । 

अजोभास्टलका लागि लडेकी अर्की २९ वर्षीया महिला टेटियाना बुगायले उनी अजोभ ब्रिगेडमा चिकित्सक रहेको बताए । 

यसअघि एएफपीले युक्रेनी सेनाले एउटा बसमा रुसी युद्धबन्दीहरूलाई लैजाँदै गरेको देखेको थियो । केहीले आफ्नो अनुहार लुकाउन हुड लगाएका थिए । एउटा मिनिभ्यानमा राख्दा उनीहरूको हुड हटाइएको थियो ।

एएफपीले तीमध्ये केहीसँग संक्षिप्त कुरा गरेको थियो र बोल्ने सबैले उनीहरूलाई गत महिना युक्रेनको आश्चर्यजनक कुर्स्क आक्रमणमा बन्दी बनाइएको बताएका थिए । 

प्रकाशित मिति : २८ भदौ २०८१, शुक्रबार  ६ : १२ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा