लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध : उद्योगमन्त्री भण्डारी « Khabarhub

लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध : उद्योगमन्त्री भण्डारी


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकको पर्यटन क्षेत्रको समग्र विकासका लागि होटल पूर्वाधारको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । 

क्यापिटल नेपाल बिजनेस म्यागेजिनले आयोजना गरेको होटेलियर समिटको उद्‌घाटन गर्दै उनले पर्यटकीय पूर्वाधारको विकास तथा विस्तार, स्थानीय उत्पादनलाई पर्यटकीय उपजको रूपमा प्रवर्द्धन गरिनुपर्नेमा जोड दिए । 

मन्त्री भण्डारीले नीतिगत सुधार गरेर लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए। 

उनले भने, ‘सरकारको पहिलो प्राथमिकता नीतिगत सुधार गरेर समस्याको पहिचान, समन्वय र सहकार्य गरी अहिलेको चुनौतीलाई सम्भावनामा बदल्नुपर्नेछ ।’

उद्योगमन्त्री भण्डारीले सबैभन्दा सम्भावना भएको क्षेत्र पर्यटनमा लगानी गर्न बैंक तथा वित्तीय क्षेत्रलाई लगानी गर्न आग्रह गरे । सरकार, निजी क्षेत्र र वित्तीय क्षेत्रबीच विश्वासिलो वातावरण आजको आवश्यकता भएको उनको भनाइ छ ।

मन्त्री भण्डारीले नेपालको पर्यटन क्षेत्रमा होटल व्यवसायको योगदान बढाउन अन्तर्राष्ट्रिय उडान भर्ने नेपाली तथा अन्तर्राष्ट्रिय वायुयानको सङ्ख्या बढाउनुपर्ने बताए।

‘यसका लागि थप देशसँग द्विपक्षीय हवाई सेवा सम्झौता गर्ने, विमानस्थल स्तरोन्नति, पर्यटकीय पूर्वाधारको विस्तार हुन आवश्यक छ’, उनले
भने ,’पर्यटकको औसत बसाइँ अवधि बढाउन सक्नुपर्छ । यसका लागि एकातर्फ पर्यटकीय पूर्वाधारको विकास तथा विस्तार, स्थानीय उत्पादनलाई पर्यटकीय उपजको रुपमा प्रवर्द्धन गरी थप विकास गर्नुपर्नेछ ।’

 उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्यलाई पूरा गर्न नेपालमा प्रचुर सम्भावना भएको पर्यटन क्षेत्रको विकास तथा प्रवर्द्धनमा पर्यटन व्यवसायीसँग सहकार्यका लागि सरकार सदैव तयार र प्रतिबद्ध रहेको बताए।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र चलायमान बन्दै गएको र व्यावसायिक वातावरण बनेको बताउनुभयो । उहाँले विदेशी मुद्रा आर्जन र रोजगारी सिर्जनामा पर्यटनको महत्वपूर्ण भूमिका रहेको बताए। पर्यटनको महत्वपूर्ण हस्पिटालिटी क्षेत्रमा तारे होटल थपिँदै गएकाले पर्यटन पूर्वाधार विकास र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने गभर्नर अधिकारीले  बताए ।

सांसद तथा उद्योगपति विनोदकुमार चौधरीले नेपालमा पछिल्लो समय अन्तर्राष्ट्रिय चेन होटल भित्रिरहेका र यसले पर्यटनमा विश्वको ध्यान खिचेको धारणा राखे। 

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ६ : ५७ बजे

साउनको अन्तिम सोमबार : पशुपतिनाथमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– साउन महिनाको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

लमजुङ– कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य, तातोपानीका

धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरू

दाङ– दाङको बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै आएकी

चितवनको खैरहनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन – पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–०१ स्थित शाहीचोकमा बसको

गाजासम्बन्धी ट्रम्पको १५ बुँदे प्रस्ताव इजरायलले गर्‍यो अस्वीकार

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा