चीनले बढायो अवकाशको उमेर, ५० बाट बढाएर ५५ वर्ष पुर्‍याउने « Khabarhub

चीनले बढायो अवकाशको उमेर, ५० बाट बढाएर ५५ वर्ष पुर्‍याउने


२८ भदौ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् १९५० पछि पहिलो पटक चीनले अवकाशको उमेर बढाउने भएको छ । चीनको अधिकांश जनसङ्ख्या बुढेसकालमा छ । चिनियाँ सरकारले यो प्रस्तावलाई शुक्रबार स्वीकृत गरेको हो ।

चीनले मिहिनेत गर्नुपर्ने काम गर्ने महिलाको अनिवार्य अवकाश उमेर ५० बाट बढाएर ५५ वर्ष पुर्‍याउने भएको छ । जबकि पेशेवर महिलाको हकमा यो उमेर ५५ वर्षबाट बढाएर ५८ वर्ष पुर्‍याइनेछ । पुरुषको अवकाश उमेर ६० वर्षबाट बढाएर ६३ वर्ष पुर्‍याइनेछ । 

चीनमा सेवानिवृत्तिको उमेर विश्वमा सबैभन्दा कम छ । चिनियाँ सरकारी मिडियाका अनुसार शुक्रबार पारित भएको प्रस्ताव अनुसार यी परिवर्तनहरू जनवरी १, २०२५ देखि लागू हुनेछन् । आगामी १५ वर्षको लागि प्रत्येक केही महिनामा अवकाशको उमेर क्रमशः बढाइनेछ । 

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार सेवानिवृत्तको कानुनी उमेर नपुग्दै अवकाश लिने अनुमति दिइने छैन ।

प्रकाशित मिति : २८ भदौ २०८१, शुक्रबार  ७ : ३४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको