चीनले बढायो अवकाशको उमेर, ५० बाट बढाएर ५५ वर्ष पुर्‍याउने « Khabarhub

चीनले बढायो अवकाशको उमेर, ५० बाट बढाएर ५५ वर्ष पुर्‍याउने


२८ भदौ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् १९५० पछि पहिलो पटक चीनले अवकाशको उमेर बढाउने भएको छ । चीनको अधिकांश जनसङ्ख्या बुढेसकालमा छ । चिनियाँ सरकारले यो प्रस्तावलाई शुक्रबार स्वीकृत गरेको हो ।

चीनले मिहिनेत गर्नुपर्ने काम गर्ने महिलाको अनिवार्य अवकाश उमेर ५० बाट बढाएर ५५ वर्ष पुर्‍याउने भएको छ । जबकि पेशेवर महिलाको हकमा यो उमेर ५५ वर्षबाट बढाएर ५८ वर्ष पुर्‍याइनेछ । पुरुषको अवकाश उमेर ६० वर्षबाट बढाएर ६३ वर्ष पुर्‍याइनेछ । 

चीनमा सेवानिवृत्तिको उमेर विश्वमा सबैभन्दा कम छ । चिनियाँ सरकारी मिडियाका अनुसार शुक्रबार पारित भएको प्रस्ताव अनुसार यी परिवर्तनहरू जनवरी १, २०२५ देखि लागू हुनेछन् । आगामी १५ वर्षको लागि प्रत्येक केही महिनामा अवकाशको उमेर क्रमशः बढाइनेछ । 

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार सेवानिवृत्तको कानुनी उमेर नपुग्दै अवकाश लिने अनुमति दिइने छैन ।

प्रकाशित मिति : २८ भदौ २०८१, शुक्रबार  ७ : ३४ बजे

जलमग्न त्रिवि मैदानबाट मोटर लगाएर पानी निकालिँदै

काठमाडौँ – निरन्तरको वर्षाका कारण त्रिवि क्रिकेट मैदान जलमग्न भएपछि

नेपाल भ्रमणमा रहेको चिनियाँ सांस्कृतिक टोली सम्मानित

काठमाडौँ- नेपाल भ्रमणमा रहेको चिनियाँ साहित्यिक एवं सांस्कृतिक प्रतिनिधिमण्डलका सदस्य

जय नेपाल पार्टीको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ– जय नेपाल पार्टीले यही कात्तिक १६ गतेका लागि तय

मनोहरा नदीमा बहाव बढ्यो, सतर्क रहन आग्रह (तस्बिरहरू) 

काठमाडौँ  – लगातारको वर्षाका कारण ललितपुरको च्यासलस्थित मनोहरा नदीमा पानीको

वर्षाका कारण लुम्बिनी र चितवनबीचको खेल स्थगित

काठमाडौँ– लगातारको वर्षाका कारण तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)