चीनले बढायो अवकाशको उमेर, ५० बाट बढाएर ५५ वर्ष पुर्‍याउने | Khabarhub Khabarhub

चीनले बढायो अवकाशको उमेर, ५० बाट बढाएर ५५ वर्ष पुर्‍याउने


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सन् १९५० पछि पहिलो पटक चीनले अवकाशको उमेर बढाउने भएको छ । चीनको अधिकांश जनसङ्ख्या बुढेसकालमा छ । चिनियाँ सरकारले यो प्रस्तावलाई शुक्रबार स्वीकृत गरेको हो ।

चीनले मिहिनेत गर्नुपर्ने काम गर्ने महिलाको अनिवार्य अवकाश उमेर ५० बाट बढाएर ५५ वर्ष पुर्‍याउने भएको छ । जबकि पेशेवर महिलाको हकमा यो उमेर ५५ वर्षबाट बढाएर ५८ वर्ष पुर्‍याइनेछ । पुरुषको अवकाश उमेर ६० वर्षबाट बढाएर ६३ वर्ष पुर्‍याइनेछ । 

चीनमा सेवानिवृत्तिको उमेर विश्वमा सबैभन्दा कम छ । चिनियाँ सरकारी मिडियाका अनुसार शुक्रबार पारित भएको प्रस्ताव अनुसार यी परिवर्तनहरू जनवरी १, २०२५ देखि लागू हुनेछन् । आगामी १५ वर्षको लागि प्रत्येक केही महिनामा अवकाशको उमेर क्रमशः बढाइनेछ । 

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार सेवानिवृत्तको कानुनी उमेर नपुग्दै अवकाश लिने अनुमति दिइने छैन ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ७ : ३४ बजे

सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध

बझाङ । बझाङको जयपृथ्वी राजमार्गमा सुक्खा पहिरो जाँदा सडक अवरूद्ध

भारतीय वायुसेनाको प्रदर्शनमा गर्मीका कारण पाँच जनाको मृत्यु

नयाँदिल्ली – दक्षिणी भारतीय सहर चेन्नाईमा भारतीय वायुसेना ९आइएएफ० को

पाकिस्तानमा आतंककारीको हिंसा बढ्दै

काठमाडौं – सन् २०२४ को तैस्रो त्रैमासमा पाकिस्तानमा आतंककारी हिंसा

तुर्कमेनिस्तानमा पुटिनले इरानी राष्ट्रपतिसँग भेट्ने

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार मध्य एसियाली मुलुक

रेलका वाष्प इन्जिन संरक्षण गर्न सङ्ग्रहालय स्थापना गर्न जोड

जनकपुर – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रेलका पुराना र