सामाजिक व्यक्तिले समाजको भलो गर्नुपर्छ : नेता कोइराला « Khabarhub

सामाजिक व्यक्तिले समाजको भलो गर्नुपर्छ : नेता कोइराला


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले हरेक व्यक्तिले योगदान राष्ट्रका लागि गर्नुपर्ने बताएका छन्। स्व.चन्द्रकान्त न्यौपानेको १२ औँ स्मृति दिवसको अवसरमा आज यहाँ आयोजित स्मृतिसभामा उनले हरेक व्यक्तिबाट राष्ट्र र जनतामा योगदान हुनुपर्ने बताए। 

स्व. न्यौपाने जस्तै ठूलो मान्छे होइन असल मान्छे बन्न सके समाज परिवर्तन हुने विश्वास व्यक्त गर्दै नेता कोइरालाले आफ्नो व्यवहारले आफ्नो पहिचान हुने बताए। सामाजिक व्यक्तिले समाजको भलो गर्नुपर्नेमा उनको जोड थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू टेकप्रसाद गुरुङ र दिनेश कोइरालाले पार्टीका लागि योगदान गर्नेको मूल्यांकन गर्नुपर्ने बताए। उनीहरूले पार्टीभित्रको आन्तरिक समस्या समाधान गरेर जनताको काममा कांग्रेस अग्रपङ्तिमा उभिनुनै न्यौपानेको सच्चा सम्मान भएको बताए।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, पूर्वसभापतिहरू जीतनारायण श्रेष्ठ, विकास कोइराला, कृष्णलाल सापकोटा, शेषनाथ अधिकारी, तोपमानसिंह गुरुङ, टिकाराम न्यौपाने, कांग्रेस नेता डा सूर्यकान्त घिमिरे, बागमती प्रदेशका पूर्वमन्त्री उत्तम जोशीलगायतले न्यौपानेले पार्टीमा पु¥याएको योगदानको बारेमा चर्चा गरेका थिए ।

नेपाली कांग्रेस भरतपुर महानगरपालिका–६ का सभापति प्रकाश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्व न्यौपानेका छोरा बुद्धिकान्त न्यौपाने, कांग्रेस चितवनका उपसभापति राजिव न्यौपाने, सचिव ध्रुव पोखरेललगायतले स्व.न्यौपानेप्रति आ–आफ्ना धारणा राखेका थिए ।

विसं १९९२ पुस २७ गते लमजुङको दुरडाँडाको देउता पानीमा जन्मिएका प्रजातन्त्रका शेनानी चन्द्रकान्त न्यौपानेको  विसं २०६९ भदौ २८ गते तत्कालीन सभापति सुशील कोइरालालाई भेट्न काठमाडौँ जाँदै गर्दा सवारी दुर्घटनामा परी निधन भएको थियो ।

 उनी विसं २०३६ बाट अनवरत रुपमा कांग्रेसका सबै आन्दोलनमा अग्रपङ्तिमा रहेर भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ७ : ४३ बजे

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको