धनराजको दुखेसो : ९१ लाख तिरें, तैपनि कुम्भराजले दुःख दिए « Khabarhub

मितेरी सहकारी प्रकरण

धनराजको दुखेसो : ९१ लाख तिरें, तैपनि कुम्भराजले दुःख दिए

सहकारीबाट ऋण लिँदा जिन्दगीमै नपाएको दुःख पाइयो


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पत्नी ज्योति गुरुङसँग छोडपत्र हुनुअघि सगोलमै हुँदा मितेरी सहकारीबाट लिइएको ऋणको सम्पूर्ण साँवा ब्याज तिरिसकेको बताएका छन् । संयुक्तरुपमा लिएको ऋण श्रीमानले नै तिर्नुपर्ने भन्दै सहकारीले आग्रह गरेपछि आफूले घर बिक्री गर्नुका साथै आफन्तजनसँग ऋण काढेर पटक–पटक गरेर ९१ लाख रुपैयाँ तिरेको गुरुङले खबरहबलाई बताए ।

‘सहकारीबाट ऋण लिन पाइन्छ, हामीले सँगै हुँदा ऋण लिएका थियौं, उनीहरुले संयुक्त लोन हो भन्दै मलाई एकलौटी तिर्न लगाएपछि मैले आफैं तिरें,’ गुरुङले खबरहबसँग भने ।

‘संयुक्त ऋण नतिरेको भए धनराजले ऋण तिरेनन् भनेर प्रचार गर्ने थिए होला’ गुरुङ भन्छन्, ‘अहिले पूर्वपत्नीको ऋण किन तिर्‍यो, पक्कै यिनीहरुबीच सम्बन्ध छ भन्दै कुम्भराजले मेरोविरुद्ध मिडियाबाजी गरिरहेका छन् । समितिमा, जताततै चरित्रहत्या गर्दै हिँडेका छन् । म साह्रै हैरानीमा परेको छु । ऋण लिँदा जिन्दगीमा नपाएको दुःख पाइयो ।’

यो पनि-
धनराजले सहकारीको ९१ लाख ऋण तिरेको खुलासा

मितेरी सहकारीमा आवद्ध सञ्चालक तथा सदस्यहरु (इन्सेटमा- फरार रहेकी ज्योति गुरुङ)

कांग्रेस नेता गुरुङ भन्छन्,‘धनराज गुरुङ र ज्योति गुरुङ दुबैका नामबाट ऋण निकालिएको थियो । पटक–पटक तिर्दै गएँ । जति तिर्दा पनि बढेको बढ्यै गर्दोरहेछ । जति तिरे पनि सकिएन, बल्लतल्ल दाजुभाइसँग ऋण मागेर सम्पूर्ण ९१ लाख चुक्ता गरिसकेको छु ।’

उनी थप्छन्, ‘मितेरी सहकारीका कुम्भराजले मेरो बदनामी गर्दै हिँडेका छन् । पहिले बागमती प्रदेश सहकारीमा म ऋणीविरुद्ध समेत उजुरी लिएर गए । छानविन गर्दा गल्ती नभेटेपछि सीआईबीमा मेरो नाम सिफारिस भएन । अहिले फेरि कुम्भराजले संसदीय समितिमा म विरुद्धसमेत निवेदन हालेको सुनिएको छ ।’

पूर्वकानूनमन्त्री समेत रहेका गुरुङले खबरहबसँग संक्षिप्त कुरा गर्दै भने, ‘संयुक्त रुपमा लिएको ऋण छोडपत्रपछि पनि मैले नै तिरें । ज्योतीले सहकारीमा रहँदा अपचलन गरेको भए त्यसको भागिदार फौजदारी कानूनअनुसार उनी आफैं हुनुपर्ला ।’

धनराज गुरुङले विभिन्न मितिमा गरेर कुल ९१ लाख २६ हजार ९१४ रुपैयाँ २७ पैसा ऋण तिरेको मितेरी सहकारीको विवरणमा देखिन्छ । उनले सगोलमा हुँदा पूर्वपत्नीका नाममा निकालेको ऋण पनि तिरेका छन् ।

ऋण खायो भनेर बदनाम नगरियोस् भनेर सबै ऋण चुक्ता गरेको उनी बताउँछन् ।

हेर्नुहोस्  धनराजले तिरेको ऋणको सूची-

सम्बन्ध विच्छेदको कागजमा के छ ?

कांग्रेस उपसभापति गुरुङ र पत्नी ज्योती गुरुङबीच ०७६ साल फागुन २९ गते ललितपुर जिल्ला अदालतमा न्यायाधीश रमेशप्रसाद रिजालको रोहबरमा छोडपत्र भएको हो । सम्मानित अदालतले नै छोडपत्रको प्रमाणपत्र दिएको हुँदा जिम्मेवार निकायबाटै अन्यथा प्रमाणित नभएसम्म तत्कालका लागि उक्त छोडपत्रलाई नक्कली करार गर्ने आधार देखिँदैन ।

धनराज र ज्योतिको बिहे ०५१ साल असार १७ गते पोखराको विन्ध्यवासिनी मन्दिरमा सामाजिक परम्पराअनुसार भएको थियो । दुईवीचको उमेरको अन्तर करिब १० वर्षको थियो ।

दुबैका तर्फबाट छोरा विभास र छोरी अदिश्रीको जायजन्म भयो । विभास हाल करिब ३० वर्ष पुगेका छन् भने अदिश्री १५ वर्ष पुगेकी छन् ।

पति धनराजसँग सम्बन्धविच्छेद गरीपाउँ भनेर पत्नी ज्योतीले नै ललितपुर जिल्ला अदालतमा मुद्दा हालेकी हुन् । धनराजले भने आपसमा मिलेरै बसौं भन्ने आग्रह अदालतमा गरेको देखिन्छ ।

धनराजमाथि ज्योतीको आरोप थियो, ‘विपक्षी घरमा नबस्ने, घरमा सँगै बस्नको लागि बारम्बार अनुरोध गर्दा पनि घरमा सँगै बस्न इन्कार गर्ने, वास्ता नगर्ने र छोरोछोरीको शिक्षा दीक्षामा पनि वास्ता नगर्ने गर्दै आउनुभएकाले हामी दुईवीच पति पत्नीको सम्बन्ध रहन सक्ने कुनै आधार देखिएन ।’

अदालतमा गरिएको छोडपत्रको कागजमा ज्योतीको भनाइ छ, ‘मैले अंश नलिने गरी हामीवीच रहेको लोग्ने–स्वास्नीको नातासम्बन्ध नरहने गरी न्याय इन्साफ पाऊँ ।’

उता, धनराजले अदालतसमक्ष गरेको वयानमा भनेका थिए, ‘हाम्रो वैवाहिक सम्बन्धपछि हालसम्म पनि म पतिले गर्नुपर्ने कर्तव्य पूरा गरेको छु । ममाथि लगाइएका सबै आरोपहरु मलाई दोषारोपण गर्न र मसँग सम्बन्धविच्छेद गर्नको लागि मात्र लगाइएका आरोपहरु हुन् । हामी सँगै बसी दाम्पत्य जीवनलाई अगाडि बढाउँ, छोराछोरीलाई शिक्षा–दीक्षा लगायत म पतिले गर्नुपर्ने जिम्मेवारी म पूरा गर्नेछु । यसैमा हाम्रो भलाई हुन्छ भनी सम्झाउँदा नसम्झी उल्टै अरु कसैको उक्साहटमा लागी मेरा विरुद्धमा सम्मानित जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेकी रहिछन् ।’

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ८ : ३७ बजे

सिरहामा भदौ २४ कै दृश्य : प्रदर्शनकारीले लगाइदिए एबी मलमा आगो

काठमाडौं- सिरहाको गोलबजारमा प्रहरीको गोलीबाट एकजना युवकको मृत्यु भएपछि तनाव

सभापति लामिछानेले थाले कोशी र मधेसका सांसदसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको पछिल्लो समसामयिक

सुनसरी घटनाको पाँच दिनपछि देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा तनाव सुरू भएको पाँच दिनपछि

‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ स्वीकृत

काठमाडौं– ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक,

कप्तानगञ्ज तनाव मधेशतिर फैलिएपछि गृहमन्त्री सुनसरी जाँदै

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जबाट दुई समुदायबीच फैलिएको तनावको पाँच