भलिबलकी कविता भट्टले जितिन् पिपल्स च्वाइस अवार्ड « Khabarhub

भलिबलकी कविता भट्टले जितिन् पिपल्स च्वाइस अवार्ड


२८ भदौ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भलिबल खेलाडी कविता भट्टले पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत वर्ष पिपल्स च्वाइस अवार्ड जितेकी छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा शुक्रबार भएको कार्यक्रममा कवितालाई पिपल्स च्वाइस अवार्ड प्रदान गरिएको हो ।

उनले ५६ प्रतिशत मतसहित अवार्ड जितेकी हुन् । दोस्रो स्थानमा रहेकी कबड्डीकी मानमती बिष्टले १९, तेस्रो स्थानमा रहेकी फुटबलकी प्रिती राई र क्रिकेटका गुल्सन झाले १६ प्रतिशत मत प्राप्त गरेका छन् । रग्बीका श्रीराम चौथो भए ।

खेल‌ पत्रकार, राष्ट्रिय प्रशिक्षक र दर्शकको भोटको आधारमा यो विधाको विजेता छनोट गरिएको हो । जसमा सामाजिक सञ्जालको मतभार २५ प्रतिशत, राष्ट्रिय प्रशिक्षकको मतभार १२ दशमलब ५ प्रतिशत मतभारत रहेका थियो । त्यस्तै खेलपत्रकारको मतभार १२ दशमलब ५ प्रतिशत रहेको थियो ।

प्रकाशित मिति : २८ भदौ २०८१, शुक्रबार  ८ : ४१ बजे

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता