अन्नपूर्ण पदयात्रामा गएका विदेशी पर्यटक तीन सातादेखि बेपत्ता « Khabarhub

अन्नपूर्ण पदयात्रामा गएका विदेशी पर्यटक तीन सातादेखि बेपत्ता


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कास्की – अन्नपूर्ण क्षेत्रको पदयात्राका क्रममा गत भदौ ९ गतेदेखि सम्पर्कविहीन भएका एक विदेशी पर्यटकको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गाबाट हराएका स्पेनिस पर्यटक ३२ वर्षीया मोलास जुन्का मेसीको अवस्था अझै पत्ता लाग्न नसकेको हो ।

उनीसँगै सम्पर्कविहीन भएका ३७ वर्षीय इरिकका शव दुई दिनपछि स्थानीय भुरुङदी खोलामा फेला परे पनि मोलासको अवस्था अझैसम्म यकिन हुन नसकेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) विरेठाँटी चेकपोष्टका इन्चार्ज यामबहादुर गुरुङले बताए ।

घटनापछि सशस्त्र प्रहरीको गोताखोरको टोलीले विरेठाँटीदेखि घटनास्थल मौजाखोलासम्मको पाँच किमी क्षेत्रमा खोजी गरेको थियो । “पर्यटक हराएको दिनदेखि नै हामीले नदी किनार तथा अन्य आशङ्का गरिएको स्थानमा खोजी जारी राखेका छौँ तर केही जानकारी हुन सकेको छैन”, गुरुङले भने ।

एक्यापको विरेठाँटी चेकपोष्टमा घोरेपानी जाने भनेर पर्यटकले विवरण दर्ता गरेकाले पर्यटक हराएको जानकारी त्यस क्षेत्रका होटलव्यवसायी, स्थानीय पालिका, जनप्रतिनिधि, प्रहरी तथा स्थानीयवासीलाई जानकारी गराइए पनि फेला नपरेको गुरुङले बताए ।

बाटोमा बेवारिस अवस्थामा दुई वटा झोला फेला परेपछि पर्यटक हराएको पुष्टि भएको थियो । पदयात्रा मार्गमा पर्ने भुरुङदी खोला नजिकको झरनामा तस्बिर लिने क्रममा पर्यटक चिप्लियर खोलामा खसेको अनुमानसहित खोजी गरिएकामा झरना नजिक आल्मुनियमका दुई वटा स्टिक (लौरी) भेटिएको थियो ।

पदयात्रामा जाँदा पथप्रदर्शक ९गाइड० नलिइकन जाँदा पर्यटक हराउने गरेको पर्यटन व्यवसायीको भनाइ छ । ट्रेकिङ एजेन्ट्स एशोसिएशन नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्ण आचार्यले गाइडविना गएका पर्यटक पदयात्रामा हराउने, दुर्घटनामा पर्ने तथा दुःख पाउने गरेको बताए ।

“नेपाली सहयोगी वा गाइडविना विदेशी पर्यटक पदयात्रामा जान नपाउने नियम छ । तर सो नियमको पालना नहुँदा समस्या पर्ने गरेको छ,” आचार्यले भने । पदयात्रामा हराएका स्पेनिस पर्यटकले नेपाली सहयोगी लगेका थिएनन् ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  १० : १२ बजे

दल दर्ता गर्दैमा फागुन २१ को निर्वाचन सुनिश्चित भयो भन्न मिल्दैन: शंकर पोखरेल

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचन आयोगमा राजनीति दलहरू

एकताका विषयमा भएका छलफलबारे रास्वपाको सचिवालय बैठकमा ब्रिफिङ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा एकता तथा सहकार्यका लागि विभिन्न व्यक्ति

१३ गतेसम्म अनुदानको रकम नपाए आन्दोलनमा उत्रिने उखु किसानको चेतावनी

काठमाडौँ- नेपाल उखु उत्पादक महासंघले आगामी मंसिर १४ गतेदेखि पुनः

‘डिजिटल हिंसा पनि हिंसा हो’

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बदलिँदो परिवेशमा प्रविधिको

सरकारको प्राथमिकता नै निर्वाचन हो: गृहमन्त्री अर्याल

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन र सुशासनलाई प्राथमिकतामा राखेर सरकारले