‘बजार व्यवस्थापनमा चुनौती छ’ « Khabarhub

‘बजार व्यवस्थापनमा चुनौती छ’


२८ भदौ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा दीपककुमार खरालले कृषि उत्पादनमा बजार व्यवस्थापनको चुनौती रहेको बताएका छन् ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा उहाँले उत्पादन गरे पनि बजारमा पुर्‍याउन चुनौती रहेको बताए । उनले भने, “बिचौलियाको समस्या छ । उत्पादनकर्ताले मूल्य नपाउने र उपभोक्ताले महँगोमा किन्नुपर्ने बाध्यता छ ।”

बैठकमा मन्त्रालयबाट सम्पादन गर्नुपर्ने कार्यक्रम तथा योजना, कार्यसम्पादनमा रहेका समस्या तथा बजेटलगायत विषयमा समितिले जानकारी लिने र समस्या समाधानमा आवश्यक सहजीकरण गर्ने विषयका सम्बन्धमा छलफल चलेको थियो ।

सचिव डा खरालले कृषि क्षेत्रमा बजेट र लगानीको आवश्यकता रहेको औँल्याए । उनले भने, “कृषि क्षेत्रलाई अझै रोजगारीमूलक बनाउनुपर्ने छ । नगदे बाली निर्यात गर्न सक्षम छौँ, यसमा हामीले प्राथमिकता पनि दिएका छौँ, अलैँची खेती त्यसको राम्रो उदाहरण हो ।”

बैठकमा सांसद विजुला रायमाझीले रासायनिक मलबाट मानव जीवन र जलवायु परिवर्तनमा प्रतिकूल असर परेकाले जैविक कृषि प्रणालीमा जोड दिनुपर्ने बताए । सांसद सम्झना थपलियाले वास्तविक किसानले अनुदान पाउन नसकेका विषयमा ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : २८ भदौ २०८१, शुक्रबार  १० : ५२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको