आज २०८१ साल असोज २७ गते आइतबारको राशिफल « Khabarhub

आज २०८१ साल असोज २७ गते आइतबारको राशिफल


२७ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असोज २७ गते आइतबार तदनुसार सन् २०२४ अक्टोबर १३ तारिख। असोज शुक्ल पक्षको एकादशी तिथि। पापांकुशा एकादशी व्रत। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन रमाइलो छ। लगानीबाट आम्दानी बढ्नेछ। न्यायको पर्खाइमा भए तपाईंको विजय हुनेछ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : बोलीमा मिठास आउने छ। सञ्चित धन खर्च हुने दिन छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। तपाईंका पछाडि लाग्ने मान्छेले निगरानी गर्नेछन्। परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मिथुन : दिन सहज छ। रोगबाट मुक्ति मिल्नेछ। मानसिक रुपमा स्वस्थ हुन सिक्नुपर्नेछ। शिक्षाको ज्योति फैलाउने समय छ। खानपानमा समस्या हुनसक्छ। परिवारको सल्लाहमा अगाडि बढ्नु राम्रो हुनेछ।

कर्कट : दिन राम्रो छ। आफन्तसँगको भेटले मन हलुका हुनेछ। परिवारले उचित सल्लाह दिनेछन्। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : आम्दानी बढ्नेछ। आफूभन्दा ठुलाको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ। मनमा निराशा आइपर्न सक्छ। आज परिवारसँगको सल्लाहमा काम गर्नु राम्रो हुनेछ।

कन्या : दिन रमाइलो छ। धेरै मानिससँगको घुलमिल र कुराकानीले मन हलुका हुनेछ। अध्ययनको क्षेत्रमा तपाईंको नाम रहनेछ। विपक्षी शान्त भएकाले राजनीतिक संगठनको आडमा कामलाई सहज बनाउनु उचित हुनेछ।

तुला : बोलीमा मिठासता आउने छ। परोपकारका लागि बोल्नु राम्रो हुनेछ। सानो विषयमा झन्झट बढ्ने भएकाले काम गर्दा धैर्यताको खाँचो देखिन्छ। राजनीतिक र सामाजिक क्षेत्रमा सहयोग गर्र्ने साथीको बहुमत छ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ।

वृश्चिक : तृतीय स्थानमा रहेका चन्द्रमा रहेकाले तपाईंले सोचेको काम बन्नेछ। अध्ययनमा जाँगर बढ्ने छ। सप्तम भावमा रहेका वृहस्पतिका कारण परिवारमा विवाद हुनसक्छ। लगानीका क्षेत्रमा हिम्मत गरेमा दिन सहज बन्नेछ।

धनु : अनुत्पादक क्षेत्रमा खर्च कटौती गर्नुपर्नेछ। भाग्यको स्थानमा शुभग्रहको बहुमत भएकाले परिवारमा थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। व्यापारमा घाटा हुने जोखिम रहेको छ।

मकर : मनमा खुशीले बास गर्नेछ। लगानीका क्षेत्रमा हत नलगाएकै राम्रो हुनेछ। दाजुभाइ र अपरिचित व्यक्तिले साथ दिनेछन्। अध्ययनको क्षेत्रमा अल्छीपन बढ्नेछ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

कुम्भ : यात्राका कारण मनमा खटपटी बढ्नेछ। लगानीका क्षेत्र धेरै छन्। विदेशमा भन्दा स्वदेशमा गरेको लगानीबाट नाफा हुनेछ। एकल भन्दा साथीसँगको सहकार्यमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा तर्क नगरी अगाडि बढ्नु राम्रो हुनेछ।

मीन : दिन रमाइलो छ। तृतीय भावमा बृहस्पति भएकाले शिक्षाको क्षेत्रमा उत्साहजनक प्रगति हुनेछ। स्वदेशी भन्दा विदेशी रमझमले मन तान्नेछ। तीन वटा शुभग्रहको साथ रहेकाले महत्त्वपूर्ण काम बन्नेछ।

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  ५ : २० बजे

सुनसरी-४ का सांसद दीपक साहलाई उद्योगमन्त्रीमा पठाउने तयारी

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी ४ बाट निर्वाचित सांसद दिपक

कारागारका कैदीबन्दीद्वारा रसुवा बाढीपीडितलाई राहत

काठमाडौं– काठमाडौको सुन्धारास्थीत केन्द्रीय कारागारमा रहेका कैदीबन्दीहरुले रसुवा बाढी पीडितका

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

काठमाडौं– रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा दीर्घकालीन एकीकृत विकासका

गाजामा इजरायली आक्रमण, एकै परिवारका चार जनाको मृत्यु 

एजेन्सी– गाजामा विहीबार भएको इजरायली आक्रमणमा दुई बच्चासहित एउटै परिवारका

राष्ट्रपति कार्यालयका प्रवक्ता भन्छन् : कोही पनि मन्त्री बन्नेबारे हामीलाई पत्र आएको छैन

काठमाडौं- राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले कोही पनि मन्त्री बन्ने