पेसागत हतियार प्रदर्शन गर्दै मनाइयो ‘पाँय् न्ह्याकेगु’ जात्रा « Khabarhub

पेसागत हतियार प्रदर्शन गर्दै मनाइयो ‘पाँय् न्ह्याकेगु’ जात्रा


२७ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– विजयादशमीका अवसरमा आज भक्तपुरमा परम्परागत हतियार प्रदर्शन गर्दै ‘पाँय् न्ह्याकेगु’ जात्रा सम्पन्न भएको छ । मल्लकालभन्दा अगाडि सुरु भएको मानिएको यो जात्रामा आफ्ना विभिन्न पेसा व्यवसायमा प्रयोग हुँदै आएका घरेलु एवं परम्परागत हतियारको पूजा गरी प्रदर्शन गर्ने प्रचलन रहेको छ ।

पुर्खौंदेखि स्थायी रूपमा बसोबास गर्दै आएका स्थानीय मानन्धरहरूले बर्सेनि मोहनि नखः (बडादर्शैँ) को विजयदशमीको दिन साँझदेखि सुरु गरी रातिसम्म पाँय् न्ह्याकेगु जात्रा गर्दै आएका मानन्धर समाजका कृष्णकुमार मानन्धरले जानकारी दिए ।

पाँय्लाई ठाउँअनुसार ‘पा’ वा ‘खाँ’ पनि भन्ने गरिएको छ । यस्तै पाँय् न्ह्याकेगुको अर्थ हतियार सञ्चालन गर्ने भन्ने गरिन्छ । ‘पा’ भनेको बन्चरो, खड्ग वा अन्य हतियार हुने भएकाले धेरै ठाउँमा मोहनि नखःको अष्टमी, नवमी, दशमी र एकादशी तिथिमा पायो वा पायाः वा खाँ पिहाँवइगु जात्रा मनाउने गरेको उनको भनाइ छ ।

‘विजयादशमीको राति मनाइने यस जात्राका क्रममा परम्परागत पेसामा प्रयोग हुने विभिन्न हतियार बोकेर बाजाको तालमा साः (तोरी पेल्ने परम्परागत कारखाना’ मा प्रतिष्ठापन गरिएका भैरवलाई तीनपल्ट र सोही साः बाहिर रहेको इनारमा तीनपल्ट परिक्रमा गर्ने गरिन्छ’, मानन्धरले भने ।

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  १० : ०७ बजे

अमेरिकाको निर्भरता घटाउन क्यानाडा–ईयू सहकार्य

टोरन्टो– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिबीच क्यानाडाका प्रधानमन्त्री मार्क

कांग्रेस केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको शपथ सुरु

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा

कांग्रेसको शपथ सुरू हुँदै, सानेपामा चहलपहल (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र सभामुख डीपी अर्यालबीच 

काठमाडौं– कार्तिक ११ गते भएको छलफलका क्रममा नोभेम्बर ९ देखि

दक्षिण कोरियासँग तनाव बढ्दै जाँदा उत्तर कोरियाद्वारा १० क्षेप्यास्त्र प्रहार

सियोल- दक्षिण कोरियासँग तनाव बढिरहेका बेला उत्तर कोरियाले बिहीबार समुद्रतर्फ करिब