तनहुँ र नवलपुरमा उनन्तीस खानेपानी योजना सम्पन्न | Khabarhub Khabarhub

तनहुँ र नवलपुरमा उनन्तीस खानेपानी योजना सम्पन्न


२७ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

तनहुँ – आर्थिक वर्ष २०८०-८१ मा तनहुँ र नवलपुरमा २९ वटा खानेपानी योजना सम्पन्न भएका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय मातहत तनहुँ र नवलपुरमा ती योजना सम्पन्न भएका हुन् ।

 गण्डकी प्रदेशअन्तर्गतका तनहुँमा उन्नाइस, नवलपुरमा नौ र सङ्घीयतर्फका तनहुँमा एक  योजना सम्पन्न भएका डिभिजन कार्यालयकी इञ्जिनियर बिनु लोहनीले जानकारी दिइन्। 

प्रदेशका योजनाअन्तर्गत तनहुँमा एक सय ५२, नवलपुरमा ६३ गरी दुई सय १५ चालु वर्षका क्रमागत  योजना हुन् । सङ्घीयतर्फ तनहुँमा ५३, नवलपुरमा २१ रहेका छन् । न्यून बजेट विनियोजित, पानीको मुहान विवाद लगायत कारणले अधिकांश योजना सम्पन्न भएका छैनन् । 

आर्थिक वर्ष २०८०-८१ मा गण्डकी प्रदेशको ‘एक घर, एक धारा ’अभियान अन्तर्गत १५ हजार नौ सय ९४ धारा जडान गरी पानी वितरण भएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  १ : ०१ बजे

उद्योगमा लाइन जोडेसँगै पत्रकार सम्मेलन गर्दै कुलमान  

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी कुलमान घिसिङले बुधबार दिउँसो २

लेक लाग्नबाट कसरी जोगिने ? 

गण्डकी– उच्च पहाडी र हिमाली भेगमा घुम्न निस्केका पर्यटकको लेक

कोशीमा पनि एमाले-कांग्रेसको राजनीतिक संयन्त्र, जिल्लामा पनि बनाइने

विराटनगर– कोशी प्रदेशको दुईदलीय संयन्त्रले एक हप्ता भित्र प्रदेशका सबै

पहिलो दिन बोल्न भ्याएपछि घेरेर सरकारी वकिलकहाँ लगियो रविलाई

भैरहवा- भैरहवा-सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ

बालबालिकाको स्क्रिन टाइम कसरी कम गर्ने ?

काठमाडौं– आजको डिजिटल युगमा, स्क्रिन टाइम हामी सबैका लागि महत्त्वपूर्ण