बङ्गलादेशमा डेङ्गु सङ्क्रमण उच्च, मृत्यु हुनेको सङ्ख्या २१० पुग्यो « Khabarhub

बङ्गलादेशमा डेङ्गु सङ्क्रमण उच्च, मृत्यु हुनेको सङ्ख्या २१० पुग्यो


२७ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

ढाका– बङ्गलादेशमा डेङ्गु सङ्क्रमणबाट थप नौ जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ । जुन यस वर्षको सबैभन्दा उच्च दैनिक मृत्युदर हो । जनवरीदेखि  हाल सम्म डेङ्गु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २१० पुगेको जनाइएको छ  ।

सेप्टेम्बरमा ८० जनाको मृत्यु भएको तथा चालु महिनामा हालसम्म ४७ जनाको मृत्यु भइसकेको बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले जनाएको छ ।

 डीजीएचएसका अनुसार गत २४ घण्टामा डेङ्गुको ९१५ वटा नयाँ सङ्क्रमण पुष्टि भएको  छ भने यस महिनाको कुल सङ्क्रमण सङ्ख्या दश हजार ८७२ पुगेको छ ।

यस वर्ष अहिलेसम्म ४१ हजार ८१०  डेङ्गुका घटना दर्ता गरेको डीजीएचएसले जनाएको छ भने  थप फैलावट रोक्न, बङ्गलादेशी स्वास्थ्य अधिकारीहरूले लामखुट्टे नियन्त्रण अपरेसनहरू सञ्चालन गर्ने जनाएका छन् । 

बङ्गलादेशमा सन् २०२३ मा डेङ्गु सङ्क्रमणबाट एक हजार ७०५ जनाको मृत्यु भएको थियो, जुन अहिलेसम्मको सबैभन्दा उच्च वार्षिक मृत्यु सङ्ख्या हो ।

डेङ्गु ज्वरो सङ्क्रमित एडिसजातको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो । डेङ्गु लागेको बिरामीहरूमा टाउको दुख्ने, उच्च ज्वरो आउने,  मांसपेशी र जोर्नी दुख्ने, बान्ता हुने जस्ता लक्षणहरू देखा पर्छन् ।

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  २ : ४१ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १