गुप्तेश्वर गुफाको आम्दानीको स्रोत ‘कामधेनु गाई’ « Khabarhub

गुप्तेश्वर गुफाको आम्दानीको स्रोत ‘कामधेनु गाई’


२७ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

गण्डकी– यहाँको गुप्तेश्वर गुफाको आम्दानीको स्रोत बनेको छ, कामधेनु गाई । ऐतिहासिक, पुरातात्विक एवम् धार्मिक महत्त्व बोकेको उक्त गुफाको गाईलाई घाँस, कुँडोलगायत केही पनि खुवाउनु पर्दैन । न त भकारो नै सोहोर्नु पर्छ । तर त्यही गाईले वार्षिक लाखौँ रुपैयाँ आम्दानी दिँदै आएको छ ।

पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफाभित्रको कामधेनु गाईगोठमा राखिएको यन्त्रजडीत गाईबाट गत आर्थिक वर्षमा मात्र १३ लाख पाँच हजार ४० आम्दानी भएको छ । गुप्तेश्वर गुफामा राखिएको यान्त्रिक गाई विगत १६ बर्षदेखि गुफाको निरन्तर आम्दानीको स्रोत बन्दै आएको हो । गाईको प्रतिमाको भित्तातर्फ दूध राखिएको छ जुन ‘पाईप’को माध्यमबाट थुनसम्म आउँछ । 

कामधेनु गाईगोठमा अवस्थित यन्त्रजडीत गाईको नजिकै रहेको सानो प्वालमा दश रुपैयाँमा खरिद गरी एउटा गुच्चा राखेपछि गाईको चारवटै थुनबाट दूध बगेर सिधै शिवलिङ्गमा पुग्ने व्यवस्था मिलाइएको छ । 

भक्तजनले गाईको गहुँतले स्नान गरेर शुद्ध भई केही तल रहेको प्राकृतिक शिवलिङ्गको दर्शन गर्ने गर्दछन् । विसं २०६४ सालमा रु एक लाख ५७ हजार एक सय ९८ लागतमा निर्माण गरिएको सो गाईले १६ वर्षमा एक करोड भन्दा बढी आम्दानी दिइसकेको गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बास्तोलाले जानकारी दिए। 

सो अवधिमा करिब १५ लाख दर्शकले टिकट काटेर गाईको दर्शन र प्रविधिको अध्ययन अवलोकन गरेका छन् । उनका अनुसार गुफा अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटकका साथै विद्यार्थीहरू पनि आउने गर्छन् ।  

विशेषगरी धार्मिक परम्पराअनुसार साउनको सोमबार, शिवरात्रि, मङ्गलचौथी, हरिबोधनी एकादशी, ऋषितर्पणी, ऋषि पञ्चमी, बालाचतुर्दशी, नयाँ वर्ष लगायतका तिथिमा दर्शनार्थीको घुँइचो लाग्ने गर्छ ।

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  ३ : ०२ बजे

माछापालनबाट मनग्य आम्दानी गर्दै कृषक चौधरी

कैलाली– यहाँको कैलारी गाउँपालिका-५ गोबरेलाका किसान सनोज चौधरीले माछापालन व्यवसायबाट

जब सुदन गुरुङले भीमसेन थापालाई ‘मतियार’ भने…

काठमाडौं- गत भदौ २३ गते माइती घरबाट जेन-जी आन्दोलन सुरू

फागुन पहिलो सातादेखि मतदाता शिक्षा कार्यक्रम

दमौली– फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

भारतमा निपाह बढ्दै गएपछि नेपालले जारी गर्‍यो आपतकालीन स्वास्थ्य निर्देशिका

काठमाडौं– भारतका केही राज्यमा निपाह भाइरसको संक्रमण बढ्दै जाँदा नेपालमा

रोहित शेट्टीको घरबाहिर मध्यरातमा चल्यो गोली

काठमाडौं– बलिउडका सफल फिल्म निर्देशक रोहित शेट्टीको मुम्बईस्थित घरबाहिर आइतबार