बाबा सिद्दिकीको हत्यापछि सलमान खानको सुरक्षा बढाइयो « Khabarhub

बाबा सिद्दिकीको हत्यापछि सलमान खानको सुरक्षा बढाइयो


२७ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महाराष्ट्रका एनसीपी अजित पवार गुटका नेता तथा महाराष्ट्र सरकारका पूर्व मन्त्री बाबा सिद्दिकीको शनिबार राति गोली हानी हत्या गरिएपछि बलिवुउडका सुपरस्टार सलमान खानको सुरक्षा बढाइएको छ ।

मिडिया रिपोर्टका घटनामा ग्याङ्स्टर लरेन्स बिश्नोई गिरोहको संलग्नता रहेको आशंका गरिएको छ । लरेन्स ग्याङको नाम सार्वजनिक भएपछि अभिनेता सलमान खानको बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्ट बाहिर सुरक्षा बढाइएको छ । 

प्रहरीको थप टोली परिचालन गरिएको छ । अप्रिल १४ मा सलमानको घर बाहिर लरेन्स गिरोहले गोली चलाएको थियो । यस गिरोहले सलमानलाई पटक पटक धम्की दिँदै आएको छ ।

बाबा सिद्दिकीको हत्या हुँदा सलमान फिल्मसिटीमा बिग बोस १८ को सुटिङ गरिरहेका थिए । खबर पाएलगत्तै उनी सुटिङ रोकेर अस्पताल पुगेका थिए । त्यसपछि उनी बाबा सिद्धिकीको घरमा समेत पुगेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

राजनीतिक मुद्दाबाट टाढा रहेका अधिकांश मानिसहरूले बाबा सिद्दिकीलाई उनको इफ्तार पार्टीका लागि चिन्थे। हरेक वर्ष रमजानको अवसरमा मुम्बईमा आयोजना हुने यो पार्टीको मुख्य आकर्षण यहाँ पुगेका सेलिब्रेटीहरू थिए । रेड कार्पेटमा साना ठूला सेलिब्रेटीहरुको उपस्थितिका कारण चर्चामा रहने गर्दथ्यो ।

यो पार्टीले शाहरुख खान र सलमान खानबीचको वर्षौं पुरानो झगडाको अन्त्य गरेको थियो । सलमान र शाहरुखको झगडा मिलाउने श्रेय पनि बाबा सिद्दिकीलाई नै जाने गर्दछ ।

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  ३ : ४९ बजे

नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं- भारतीय उपमहाद्वीपमा मेजरिंग टुल्स उत्पादन गर्ने एक फ्रीमांसले नेपाली क्रिकेटर

घरमै लड्दा टाउकोमा चोट लागेर चर्चित निर्देशक सञ्जय गुप्ताको निधन

काठमाडौं– भारतीय फिल्म उद्योगले एक अनुभवी फिल्मकर्मी गुमाएको छ ।

रास्वपाले ‘क्यान्डिडेट क्लब’ मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

बाढीपहिरोबाट मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी– बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन् । बाढीपहिरोले