चट्टान तोडेर जोडियो सडकसँग मुड्केचुलाका तीन वडा « Khabarhub

चट्टान तोडेर जोडियो सडकसँग मुड्केचुलाका तीन वडा


२७ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार– चट्टानका कारण निर्माणमा ढिलाइ भएको डोल्पाको मुड्केचुला गाउँपालिकाको मालुवाकुना सडक निर्माण सम्पन्न भएको छ । करिब पाँच किलोमिटर चट्टानले भरिएको सडक जगदुल्ला जलविद्युत आयोजनाले निर्माण गरेको हो ।

भेरी करिडोर सडकखण्डको तीन जिल्लाको सङ्गमस्थल त्रिवेणीबाट जगदुल्ला जलविद्युत् आयोजनाको बाँधस्थलसम्म उक्त सडक पुर्‍याउने लक्ष्य छ । सडकखण्डको चुनौतीपूर्ण मानिएको ठाउँ पार गरेको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए। 

पाँच किलोमिटर चट्टान फोडेसँगै मुड्केचुला गाउँपालिका–१, २, ३ वडा सडक सञ्जालसँग जोडिएको अध्यक्ष शाहीले बताए। जगदुल्ला जलविद्युत् आयोजनामार्फत ठेक्का लगाई शेर्पा निर्माण सेवाले सडक निर्माण गरेको जलविद्युत् आयोजनाका प्राविधिक युवराज बोहराले जानकारी दिए। भेरी करिडोर सडक आयोजनासँग अब मुड्केचुला गाउँपालिका जोडिएको छ । 

जुम्लाको भालुलेक हुँदै मुड्केचुला गाउँपालिकामा सडक जोडिए पनि जाजरकोट हुँदै जाने भेरी करिडोरसँग बल्ल सिधा सडक जोडिएको गाउँपालिका अध्यक्ष शाहीको भनाइ छ । त्रिवेणीस्थल भेरी नदी माथीको पुल भने अझै निर्माण हुन सकेको छैन । 

क्याराभान निर्माण सेवाले उक्त पुलको ठेक्का लिएर काम नगरेको हो । पुल निर्माण नहुँदा झोलुङ्गे पुलमार्फत मोटरसाइकल तारेर मुडकेचुला जाने गरिएको कालिकाका स्थानीय सरोज थापाले बताए।

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  ५ : २० बजे

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ