पाकिस्तानी टेस्ट टोलीमा महत्वपूर्ण परिवर्तन, बाबरसहित चार खेलाडी हटाइयो « Khabarhub

पाकिस्तानी टेस्ट टोलीमा महत्वपूर्ण परिवर्तन, बाबरसहित चार खेलाडी हटाइयो


२७ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । पाकिस्तानले इङल्याण्डविरुद्धको दोस्रो टेस्टमा पुर्व कप्तान बाबर आजमसहित चार खेलाडीलाई टिम बाहिर राखेको छ ।

बोर्डले सार्बजनिक गरेको दोस्रो टेस्ट खेल्ने खेलाडीको सूचीबाट बाबरसहित नसीम शाह, सरफराज अहमद र शाहीन शाह अफ्रिदीलाई बाहिर राखेको हो । त्यस्तै अब्रार अहमद भने डेंगु भएका कारण छनौटका लागि उपलब्ध नभएको बोर्डले जनाएको छ ।

त्यस्तै यी खेलाडीको ठाउमा हासिबुल्लाह, मेहरान मुमताज, कमरान घुलामले पहिलो पटक टेस्ट टिममा स्थान बनाएका छन् भने मोहमद अली र अफ स्पिनर सजिद खानलाई टिममा सामेल गरिएको छ ।

इङल्याण्डविरुद्ध खेल्ने पाकिस्तानको टिमस् शान मसूद (कप्तान), साउद शकील (उपकप्तान), आमिर जमाल, अब्दुल्ला शफिक, हसिबुल्लाह (विकेटकिपर), कामरान गुलाम, मेहरान मुमताज, मिर हमजा, मोहम्मद अली, मोहम्मद हुरैरा, मोहम्मद रिजवान (विकेटकिपर), नोमान अली, सैम अयुब, साजिद खान, सलमान अली आगा र जाहिद महमूद ।

पाकिस्तान क्रिकेट बोर्डले हालै बनाएको नयाँ छनौट समितिले बाबरसहितका खेलाडीलाई बाहिर राख्ने निर्णय गरेको हो ।

बाबरले कप्तान पुनः नियुक्त भएको ६ महिनापछि नै इङल्याण्डविरुद्धको टेस्ट शुरु हुनु अघि कप्तानी छोडेका थिए । बाबरले २०२२ को डिसेम्बर यता टेस्ट क्रिकेटमा अर्धशतक बनाउन सकेका छैनन् । इङल्याण्डविरुद्धको पहिलो टेस्ट हारेको पाकिस्तानले दोस्रो टेस्ट अक्टोबर १५ देखि मुल्तानमा खेल्दै छ ।

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  ७ : ५६ बजे

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित