तनहुँ कारागारमा कैदीबन्दीको उपचारमा समस्या | Khabarhub Khabarhub

तनहुँ कारागारमा कैदीबन्दीको उपचारमा समस्या


२७ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

तनहुँ । तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन हुँदा कैदीबन्दीको उपचारमा समस्या भएको छ । कारागारका स्वास्थ्य सहायक श्यामसिंह बोहोरा सुरुवा भई अन्यत्र गएपछि कैदीबन्दीको उपचारमा समस्या भएको हो ।

स्वास्थ्य सहायक बोहोरा यही असोज १ गते सरुवा भई शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल टेकु गएपछि तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन भएको हो । स्वास्थ्यकर्मीविहीन हुँदा कैदीबन्दीको उपचारमा समस्या हुँदै आएको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

“कैदीबन्दी सामान्य बिरामी हुँदासमेत दमौली अस्पताल लैजानुपर्ने बाध्यता छ”, उनले भने। कारागारको गाडी नहुँदा राति कैदीबन्दीलाई उपचारका लागि अस्पताल लैजान झनै समस्या प्रमुख अधिकारीले बताए । कारागारमा कैदीबन्दीमा बढीजसो छालासम्बन्धी रोग रहेको छ ।

जिल्लामा डेङ्गुको सङ्क्रमण बढ्दो क्रममा रहेकाले कैदीबन्दी समेत यसबाट बढी सङ्क्रमित हुने अवस्था रहेको छ । तनहुँ कारागारको ब्लक ‘ए’ मा एक सय ३२, ब्लक ‘बी’ मा एक सय ७३ र ब्लक ‘सी’ मा २६ कैदीबन्दी रहेका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  ८ : २२ बजे

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग