हवाई आक्रमणमा परी कम्तीमा २३ जना सुडानी नागरिको मृत्यु, ४० घाइते « Khabarhub

हवाई आक्रमणमा परी कम्तीमा २३ जना सुडानी नागरिको मृत्यु, ४० घाइते


२७ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

खार्तूम – दक्षिणी खार्तूमको मुख्य बजारमा भएको हवाई आक्रमणमा परी कम्तीमा २३ जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएका स्थानीय स्वयंसेवी तथा गैरसरकारी समूहहरूले जनाएका छन् ।

“हिजो खार्तूमको अल–सौक अल–मार्काजीमा लडाकु विमानहरूले बमबारी गर्दा उक्त घटना भएको हो,” स्थानीय स्वयंसेवी दक्षिण खार्तूम आपतकालीन समूहले आइतबार एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

“घाईतेहरूलाई उपचारका लागि बसाइर, एलराजी र अलराकी अस्पतालमा सारिएको छ । घाईते मध्ये केहीको अवस्था गम्भीर छ,” विज्ञप्तिमा भनिएको छ । हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन् ।

सैन्य स्रोत र साक्षीहरूका अनुसार, सुडानी सशस्त्र बल ९एसएएफ० ले राजधानी खार्तुममा सेप्टेम्बर २६ मा अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) विरुद्ध महत्त्वपूर्ण आक्रमण सुरु गरेको थियो ।

संयुक्त राष्ट्र सङ्घ समन्वय कार्यालयले सुडान सन् २०२३ अप्रिल १५ देखि एसएएफ र आरएसएफ बीचको हिंसात्मक द्वन्द्वमा फसेको जनाएको छ । यसको परिणामस्वरूप यहाँ लगभग २० हजार जनाको मृत्यु भएका र हजारौं जना घाइते भएका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  ८ : ४८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार